काठमाडौं । कम्युनिष्ट नेताहरुले मुलुकको वर्तमान राजनीतिक अवस्था, जनताको आकाङ्क्षा र आमूल परिवर्तनको आवश्यकताका सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरू एकजुट हुन आवश्यक भएको बताएका छन्।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिले यहाँ आयोजना गरेको अन्तरक्रियामा सो पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले कम्युनिष्ट पार्टीहरुले वर्षौंदेखि सत्ता परिर्वतन गर्न नसकेको अवस्था ‘जेनजी’ले २४ घण्टामा सत्ता परिर्वतन गर्न सफल भएको उल्लेख गरे। उनले भने, ‘जेनजीले गरेको सफल आन्दोलनको अनुशरण गर्दै सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी एक हुनुपर्ने आजको अवस्था हो।’
नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले ‘जेनजी’ युवाहरुको आन्दोलनले आफूहरुलाई धेरै कुरा सिकाएको उल्लेख गर्दैै कम्युनिष्टहरुको एकता केन्द्र बनाउनु पर्ने धारणा राखे।
कार्यक्रममा कम्युनिष्ट नेताहरु राम पुरी, ऋषिराम कट्टेल, लोकनारायण सुवेदीलगायतका विगतका मतभेद र विखण्डनले क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गर्दै अब विचार, कार्यदिशा र रणनीतिमा साझा सहमति बनाएर सशक्त रुपमा एकीकृत आन्दोलन गर्नुपर्ने धारणा राखे।







Discussion about this post