• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

रमेश लेखक र करण थापाले पनि पाएनन् टिकट


संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा
Share on FacebookShare on Twitter

धनगढी। चुनाव हार्नै नजानेका, अनि एउटै क्षेत्रबाट पटक-पटक सांसद बनेर पाँच पटक प्रधानमन्त्री बनेका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार छैनन्।

२०७८ सालदेखि हालसम्म अपराजित देउवाले अन्तिम पटक चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। तर कांग्रेसमै बिद्रोह गर्दै विशेष महाधिवेशनबाट सभापति छानिएका गगन कुमार थापा नेतृत्वको कार्यसमितिले यस पटक देउवाको ठाउँमा नैनसिंह महरलाई टिकट दिएको छ। देउवा चुनाव बाहिर हुँदा कांग्रेसलाई डडेल्धुराका शाख जोगाउन निक्कै संघर्ष गर्नु परिररहेको छ।

उनी निर्वाचन क्षेत्रमा समेत पुगेका छैनन्। देउवा निकटका केही कार्यकर्ताहरुले चुनावी अभियानमा जिल्ला आउन आग्रह गरेपनि उनले वेवास्ता गरिरहेका छन्। जसका कारण कांग्रेसलाई शाख जोगाउन हम्मे पर्ने देखिएको छ।

सुदूरपश्चिमबाट चुनाव लडेर देशकै राजनीतिमा प्रभाव पार्ने कांग्रेसकै रमेश लेखक पनि यस पटक निर्वाचनबाट बाहिर छन्। लेखकको चुनाव लड्ने चाहना हुँदाहुदै उनलाई कांग्रेस नेतृत्वले टिकट दिन चाहेन।

जेनजी आन्दोलनका क्रममा लेखक गृहमन्त्री थिए। उनी कञ्चनपुर क्षेत्र नम्बर–३ बाट चुनाव लड्दै आएको थिए। सो क्षेत्रमा कांग्रेसले यस पटक हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएको छ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसको गढ नै मानिन्छ। कांग्रेसले वर्चश्व जमाएको सो क्षेत्रमा लेखक ०५६, ०७० को दोस्रो संविधान सभा र ०७९ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

नेकपा एमालेका केन्द्रिय सदस्य कर्ण थापा पनि राष्ट्रिय राजनीतिमा उच्च छवि बनाएका व्यक्ति हुन्। बाजुरालाई आधार बनाएर राजनीतिक गर्दै आएका थापाले यस पटक टिकट पाउन सकेनन्।

एमाले अध्यक्ष केपी ओलीको विरुद्ध लागेको आरोपमा थापाले टिकट नपाएको टिप्पणी हुने गरेको छ। बाजुराबाट पटक–पटक चुनाव लड्का थापा ०७० को संविधान सभा निर्वाचनमा विजयी भएका थिए। ०७९ को निर्वाचनमा उनि कांग्रेसका उम्मेदवारसंग पराजित भएका हुन्।

नेकपा एमालेबाट राजनीति सुरुवात गर्दै हाल नेपाली कम्यूनिष्ट पार्टीका आबद्ध रहेका नेता भानुभक्त जोशी बझाङका नहार्ने नेताका रुपमा परिचित छन्।

०४७ सालमा पहिलो पटक संसदीय यात्रा थालेका जोशी त्यस एता एक पटक पराजीत भएका थिए भने अन्य निर्वाचन जोशीले जित्दै आएका छन्।

तर यस पटक नेपाली कम्युनिष्ट पार्टीले जोशीलाई टिकट नै दिएन। उनको स्थानमा बझाङबाट नेकपाबाट मिनबहादुर कुँवर चुनाव लडिरहेका छन्।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम थारुले यस पटक कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएपनि निर्वाचन आयोगले खाारेज गरिदिएको छ।

चौधरी फैजदारी मुद्दामा अपराधी प्रमाणित भएको भन्दै संविधान अनुसार नै उनी अयोग्य रहेको भन्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको हो।

चौधरीले २०७९ को निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाटै आफै श्रीमती रञ्जिता श्रेष्ठलाई विजयी गराएका थिए। २०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दिंदा समेत चौधरी कैलाली–१ बाट निर्वाचित भएका थिए। तर उनको संसद यात्रा भने हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी बोकेको मोटरसाइकल दुर्घटना, चालक सामान्य बैंक

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी बोकेको मोटरसाइकल दुर्घटना, चालक सामान्य बैंक

पाम बीच काउन्टी शेरिफ कार्यालय र गोप्य सेवाको संयुक्त कारबाही, संदिग्धबाट बन्दुक र पेट्रोल क्यान बरामद

पाम बीच काउन्टी शेरिफ कार्यालय र गोप्य सेवाको संयुक्त कारबाही, संदिग्धबाट बन्दुक र पेट्रोल क्यान बरामद

कार्डिफस्थित एक अदालतको फैसला: कार पार्कमा घातक आक्रमण गर्ने पुरुषलाई कडा सजाय

कार्डिफस्थित एक अदालतको फैसला: कार पार्कमा घातक आक्रमण गर्ने पुरुषलाई कडा सजाय

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानीमा कडा सुरक्षा

आचारसंहिता उल्लंघन गरे कारबाही हुने आयोगको चेतावनी

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा टोली कञ्चनवनमा विश्राम गर्ने

भोट होइन, नागरिकताको माग लिएर नेताको पर्खाइमा शान्ति चौधरी

भोट होइन, नागरिकताको माग लिएर नेताको पर्खाइमा शान्ति चौधरी

Discussion about this post


© Dainik Sanjal

भर्खरै

Ontgrendelen van geheimen Hoe je je winst bij casino’s kunt maximaliseren

Verkenning van de spanning van high-stakes casino-avonturen

De geheimen van succesvolle casino strategieën onthullen

Geheimen ontgrendelen Hoe je je winst bij online casino’s kunt maximaliseren

Udforskning af spændingen ved casino spil Hvad hver spiller bør vide

Afsløring af hemmelighederne bag profitable casino strategier

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In