• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र


एसईईका विद्यार्थीलाई काठमाडौँका एसपीको पत्र
Share on FacebookShare on Twitter

दिनेशराज मैनाली-

प्रिय भाइ/बहिनीहरू, मीठो सम्झना अनि धेरै माया ।

‘म आज जे छु, मैले हिजो गरेको कर्मको कारणले छु’ – स्टेफन कोबे । सर्वप्रथम त तपाईंहरूलाई परीक्षामा सफलताका लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि किनकि तपाईंको परिवारमा आज तपाईं एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ । जीवन रमाइलो छ र  प्राज्ञिक जीवनको लामो सङ्घर्षको यात्रामा तपाईं निस्कन लाग्नु भएको छ।

बिहानीले दिनलाई दिशानिर्देश गर्दछ (Morning shows the day) भने झै यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज SEE Graduate हुने क्रममा भाइ/बहिनीहरूलाई आजको यो महत्त्वपूर्ण दिनको अर्थ पक्कै थाहा हुनेछ । मलाइ लाग्छ अहिलेसम्मको तपाईंको जीवनयात्रामा तपाईं अभिभावक र साथीहरूको सहयोगमा आफ्नै गतिमा हिँडिरहनु भएको थियो होला तर आउने भविष्यमा तपाईंको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू त छँदैछन् सँगसँगै परिवार समाज र देशप्रति समेत तपाईंका केही कर्तव्य र जिम्मेवारीहरू पनि रहनेछन् ।

‘पुरानो कोट लगाऊ र नयाँ पुस्तक किन’– थोरो ।

जसरी थोरोको यस प्रसिद्ध भनाइबाट ज्ञानको भोक जागृत हुन पुग्दछ, त्यसरी नै आमाबुबाले अति परिश्रमका साथ व्यवस्थापन गर्नु भएको खाना, नाना, छाना, औषधीमुलो, विद्यालय लगायतको शुल्क, पुस्तक, हजुरबुबा–हजुरआमाले सुनाउनु भएको गीत,कथा,कविता र गुरुले खियाउनु भएको तीनवटा औँलाको सार्थकता तपाईंहरूको उज्ज्वल भविष्य सँगसँगै अध्ययन अनुसन्धान पश्चात् सबल राष्ट्र निर्माणमा तपाईंहरूबाट भविष्यमा गरिन जाने योगदानबाट मात्रै सार्थक हुन्छ। आज म तपाईंहरूसमक्ष एक सचेत नागरिक र जिम्मेवार प्रहरी अधिकारीको हैसियतले केहि कुराहरू राख्न चाहन्छु । मलाइ लाग्छ तपाईंहरूबाट यसमा सकारात्मक पहलताका साथ निरन्तरता प्रदान हुनेछ ।

तपाईंहरूलाई थाहा नै होला, लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनले आज हाम्रो घर, परिवार, समाज र देशलाई मात्र नभएर पुरै विश्वलाई नै नराम्रोसँग गाँजिरहेको छ । सामान्यतया तपाईंहरूको उमेर (१३ वर्षदेखि १९ वर्षसम्म) का युवा तथा ऊर्जावान् दाजु–भाइ, दिदी–बहिनीहरू लागू पदार्थको कुलतमा डुबेका पाइन्छन् र आफ्नो जीवनलाई कष्टकर बनाइरहेका छन् ।

 तपाईं हामी सबैले बुझ्ने भाषामा भन्दा लागू पदार्थको दुर्व्यसन भनेको चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह वा परामर्श बिना आफूखुसी औषधी प्रयोग गर्ने तथा कानुनले लागू औषध भनी परिभाषित गरी निषेध गरेको पदार्थको प्रयोग गर्ने कार्य वा प्रवृत्ति हो । कुनै व्यक्तिलाई सधैँभरी लागू औषधको सेवन गरिरहनु पर्ने अवस्थाको सिर्जना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउने कार्य नै दुर्व्यसन हो ।

 तसर्थ, लागू औषध कसैले पनि प्रयोग नगरौँ । प्रयोग गर्ने गरेको भए आजैको दिनबाट बन्द गरौँ । लागू औषधको उत्पादन, ओसार–पसार, भण्डारण, खरिद– बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्म कैदसम्म र पाँच लाख रुपैयाँदेखि पच्चीसलाख रुपैयाँसम्म जरिवाना) हुने भएकोले यस्ता कार्य कसैले पनि नगरौँ । लागू औषध दुर्व्यसनको कारणले मानिसको अकालमा ज्यान जान सक्छ, परिवार तहस–नहस हुन सक्छ, त्यसैले यसबाट हामी सधैँ टाढै रहौँ र आफन्तजन, मित्रजन लगायत स्वजनहरूको सदैव हित हुने कार्यमा  आफू र आफन्तहरूलाई अहोरात्र सहयोग गरौँ । साथीहरूको देखासिकी, नक्कल गर्ने तथा फेसनको रूपमा लागू औषधको प्रयोग कहिल्यै नगरौँ । कानुनले प्रतिबन्ध लगाएका अवैध औषधिहरू (लागू औषध) को प्रयोगलाई निरुत्साहित गरौँ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको आ.व. २०७८–०७९ को श्रावणदेखि चैत्र ९ महिनासम्मको अभिलेख हेर्दा लागू औषधसम्बन्धी कसुरका २६८ मुद्दा दर्ता गरिएको, ३७८ जना पक्राउमा परेका तथा विभिन्न प्रकारका लागू औषध बरामद गरिएको पाइन्छ ।

 व्यक्तिगत समस्याबाट टाढा रहन तथा तनाव कम गर्न लागू औषधको सहारा कहिले पनि नखोजौँ । यो गलत हो । साथीभाइको करकाप, पारिवारिक समस्या तथा पढाइमा असफलताको कारणबाट लागू औषधको प्रयोग भुलेर पनि नगरौँ । सामान्य व्यक्तिलाई भन्दा लागू औषधको प्रयोग गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर, स्नायु ग्रन्थी सम्बन्धी समस्या, मुटु सम्बन्धी रोग, कुपोषण, महिलालाई महिनावारीमा समस्या तथा विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने भन्ने विभिन्न जर्नलमा प्रकाशित लेखहरूले यो कति भयावह छ भन्ने स्पष्ट पार्ने भएकोले लागू औषधको कुलतबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ । आजको यो पवित्र र विशेष दिन (SEE परीक्षाको अन्तिम दिन) मा तपाईंहरूलाई लागू औषध विरुद्धको यहि सन्देश दिन चाहन्छु ।

त्यस्तै प्रकारले साइबर अपराधमा पनि तपाईंका उमेर समूहका भाइ बहिनीहरू जानी नजानी धेरै नै संलग्न भएको पाइन्छ । भनिन्छ; कानुनको अज्ञानता क्षम्य हुँदैन र समाजका सम्पूर्ण नागरिकले कानुन जानेकै हुन पर्ने परिकल्पना गरिएको पाइन्छ (The ignorance of law is no excuse, and everyone must know the law of the land) ।

तसर्थ, सामाजिक सञ्जाल: Facebook, Twitter, Instagram, Viber, WhatsApp लगायतका पेज र वेबसाइटहरू प्रयोग गर्दा समेत घ्यान पुर्‍याउनु हुन तथा आफ्ना साथीहरूलाई छेडखानी (Cyber bullying) गर्ने, हैरानी दिने, अरूको गोपनीयता भङ्ग गरिदिने, सोसल साइट ह्याक गरी दिने, अनधिकृत तवरले अरूको वेब साइटलाई ह्याक गर्ने, विभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बरबादी गर्ने जस्ता कार्यबाट टाढै रहौँ । साइवर अपराधको कसूरमा संलग्न उपर पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगिई अरूलाई जोगाउनु नै बुद्धिमत्तापूर्ण हुनेछ । जसरी अलि–अलि पौडन सिकेको पौडीबाजले सावधानीपूर्वक मात्रै नदी र समुन्द्रमा पौडनु उचित हुन्छ, त्यसरी नै तपाईंहरूले सामाजिक सञ्जाल आदिको प्रयोग गर्दासमेत हरहमेसा सावधानीपूर्वक समाजको बृहत्तर हितमा गर्नु हुनेछ ।

मातृ देवो भव, पितृ देवो भव, गुरु देवो भव ! को आदर्श वाक्यलाई हृदयङ्गम गरी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले जसरी माता, पिता र गुरुको आदर सम्मान गरी  आफ्नो भविष्यलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो बालपनलाई खर्चिनु भएको छ, त्यसरी नै आउने दिनहरुमासमेत उपर्युक्त आदर्श वाक्यको मर्मलाई आत्मसात गरी सुनौलो भविष्य कोर्न हुन पनि तपाईंहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।

जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहेको हुन्छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत: प्रहरी, समुदाय, स्थानीय तह, विद्यालय, सङ्घसंस्था, सञ्चारजगत मिली समाजमा अपराध न्यूनीकरण गर्दै लगी अपराधमुक्त समाज बनाउन अहोरात्र खटिनु पर्ने आजको आवश्यकता रहेको अवस्थामा तपाईंहरूबाट मातृभूमि नेपाल र नेपाल प्रहरी संगठनले सदैव ठूलो अपेक्षा गरेको छ । यस महान् कार्यमा हामी सबैजनाले मन, बचन र कर्मले सक्दो प्रयास गरौँ र त्यनभतजभच धभ अबल भन्ने वाक्यलाई सार्थक बनाऔँ ।

तपाईंहरूले पनि गाउँ गाउँ अनि टोल टोलमा सहरमा अनि नेपाल राष्ट्रको सम्पूर्ण भू–भागमा “लागू औषध त्यागौँ, स्वस्थ, सबल, समृद्ध र समुन्नत समाजको निर्माण गरौँ“ र “लागू औषधको गरे प्रयोग, सकिनेछ जीवनको उपयोग“ जस्ता सन्देशहरू प्रचार–प्रसार गरी पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, माता जानकी, गौतम बुद्ध, अंशुवर्मा, भृकुटी र सगरमाथाको यस पवित्र भूमिबाट लागू औषध विरुद्धको महाअभियानमा आफू र आफ्नो परिवारसहित महत्त्वपूर्ण योगदान गर्नु हुनै नै छ भन्ने पूर्ण विश्वास लिएको छु ।

अन्त्यमा, परिश्रमको फल अवश्य नै मीठो हुनेछ । प्रहरीको तालीममा भन्ने गरिन्छः “तालीममा पसिना बगाउने ब्यक्तिले कर्मक्षेत्रमा रगत जोगाउँदछ” । बिश्वबाट क्रमशः बिलुप्त हुँदै गरेको कोरोनाको कहरबीच तपाईंहरूको माता, पिता र गुरुहरुको अथक परिश्रम, २ वर्षको बिराम पश्चात् हाल भई रहेको SEE परीक्षाको लागि तपाईंहरूले गर्नु भएको उच्चस्तरको तयारीका कारण चाडै नै पूर्ण सफलताको मीठो फल तपाईंहरूलाई प्राप्त हुन सकोस भन्ने शुभेक्षा सहित देशले मागेको र खोजेको समयमा तपाईंहरूबाट मुलुकको लागि हरसम्भव यथोचित योगदान हुने नै छ भन्ने भन्ने पूर्ण विश्वास लिदैं पुनः एक पटक SEE परीक्षाको पूर्ण सफलताको शुभकामना अर्पण गर्दै अहिलेलाई ओझेल पर्ने अनुमति चाहन्छु । धन्यवाद, जय नेपाल ।

(जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी दिनेशराज मैनाली त्यहाँका प्रवक्ता हुन् ।  एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागी उनले लेखेको पत्र हो यो । देशभर एसईई दिने विद्यार्थीहरूलाई कुलतमा नलाग्न उनले आग्रह गरेका छन् । अपराध शास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका मैनाली नेपाल प्रहरी स्कुल साँगाका पूर्वकमाण्डेन्ट समेत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

मोदीले भने- नेपालका प्रधानमन्त्रीसँगको भेट फलदायी

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

रातभर संसद बैठक चलेर बिहान साढे ४ बजे विधेयक पारित, ७ बजेसम्म सभा चलिरह्यो

Discussion about this post


© Dainik Sanjal

भर्खरै

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय किन गर्न सकिरहेका छैनन् ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

इजरायली आक्रमणमा इरानको अराक आणविक स्थलमा कति क्षति भयो ?

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

मणिपुरमा हिंसा भड्किँदा एक जनाको मृत्यु, नागरिक संगठनहरूद्वारा धेरै क्षेत्रमा बन्दको घोषणा

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

सहायता केन्द्रहरू नजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

युद्धक्षेत्रमा फसेका आफ्ना नागरिकहरूका लागि नेपालसहित विभिन्न देशहरूले के गर्दैछन् ?

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

एक्सियम-४ अन्तरिक्ष मिसन फेरि स्थगित

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In