News of Nepal
Advertisement
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
No Result
View All Result
News of Nepal
No Result
View All Result

नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु

by मिथलेश साह
२ महिना अगाडि
नवौँ राष्ट्रिय खेलकुद खेलाडी छनोटको तयारी सुरु
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

कास्की । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ ।

प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी सुरु गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको बताए । उनका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशको टोली तयार गरिनेछ ।

जिल्लाबाट छनोट भएर खेलाडीको नामावली आइसकेपछि प्रदेशस्तरीय छनोट खेल सञ्चालन हुने र छनोट भएकाका लागि बन्द प्रशिक्षण सुरु गरिने परिषद्ले जनाएको छ । उनले भने, “हामीले प्रदेशका ११ वटै जिल्लाका खेलकुद समितिलाई खेलाडी छनोट गर्न सूचना गरिसकेका छौँ, जिल्ला हुँदै प्रदेश छनोट भएर आयोजक प्रदेशको टोली तयार पारिनेछ ।”

राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको गौरवको कार्यक्रम र खेलाडीको लागि महाकुम्भ रहेकाले यसलाई भव्यरुपमा सम्पन्न गर्न छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए । नवौँ राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ । यसपटक केही प्रदर्शनीका रुपमा खेल समावेश गरिने भएको छ ।

अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले जेठ अन्तिम साता गर्ने गरी तयारी अघि बढाएको हो । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा प्रस्ताव पठाइएको र राखेको प्राविधिक समितिले अनुगमन गरिसकेकाले पूर्वाधारको अवस्थालाई मध्यनजर गरी केही दिनमै खेलस्थल टुङ्गो लाग्ने समितिका कार्यालयका प्रमुख लक्ष्मण योगीले बताए । राष्ट्रिय खेलकुदमा समावेश हुने ३६ खेलमध्ये स्वीमिङ र सुटिङको पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले अन्यत्र लैजानुपर्ने हुनसक्ने राखेपले जनाएको छ ।

Related

सम्बन्धितसमाचार

विनय यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण
देश समाचार

विनय यादवले माग गरे बीआरआई परियाेजनाकाे सम्पूर्ण विवरण

२ हप्ता अगाडि
सप्तरीमा मतदानस्थल परिवर्तन
मुख्य समाचार

सप्तरीमा मतदानस्थल परिवर्तन

२ महिना अगाडि
स्थानीय तह निर्वाचन : प्राथमिकतामा परेन छुवाछूतको मुद्दा
मुख्य समाचार

स्थानीय तह निर्वाचन : प्राथमिकतामा परेन छुवाछूतको मुद्दा

२ महिना अगाडि
जनकपुर उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
मुख्य समाचार

जनकपुर उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा

२ महिना अगाडि
प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै
मुख्य समाचार

प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

२ महिना अगाडि
धनुषामा ट्राफिक प्रहरीद्वारा ९ महिनामै झण्डै डेढ करोड राजस्व संकलन
मुख्य समाचार

धनुषामा ट्राफिक प्रहरीद्वारा ९ महिनामै झण्डै डेढ करोड राजस्व संकलन

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हालको खबर

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन

२ घण्टा अगाडि
चलचित्र ‘सर्वजित’ निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने

पार्टीका नेताको दबाबले नराम्रो मान्छे नियुक्त गर्नुपर्‍यो, मन्त्री आले

२ घण्टा अगाडि
मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर

२ घण्टा अगाडि
उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

४ घण्टा अगाडि
दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

दक्षिण अफ्रिकाको रात्री क्लबमा १७ जना मृत भेटिए

४ घण्टा अगाडि
जन्मदिनमा बिरुवा रोप्ने संस्कार

जन्मदिनमा बिरुवा रोप्ने संस्कार

४ घण्टा अगाडि
यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

४ घण्टा अगाडि
अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

४ घण्टा अगाडि
दूध बोक्ने गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

४ घण्टा अगाडि
पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण काठमाडौं-मुग्लिन सडक अवरुद्ध

४ घण्टा अगाडि

सत्य र सत्यता को प्रतिक

हाम्रो टिम :

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह

समपादक – मिथलेश कुमार साह

प्रधान सम्पादक – प्रदिप सिंह महतो

सह संयोजक – राम शंकर भण्डारी

कार्यकारी निर्देशक – विजय कुमार सिंह

कार्यालय सम्पर्क :

चाबहिल काठमाडौँ

Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय :

गोलबजार नगरपालिका – ४

Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क :

Email – dainiksanjal9@gmail.com

Mob +९७७,९८११७६१२१८

Mob +९७७,९८४७३४४१४४ 

जिप्रका दर्ता नं.

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • होमपेज
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.