• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

भोट माग्ने बालेन शैली : सेल्फी खिच्ने, नमस्कार गर्ने हिँड्ने

लौरो बोकेर घरदैलोमा बालेन्द्र साह


भोट माग्ने बालेन शैली : सेल्फी खिच्ने, नमस्कार गर्ने हिँड्ने
Share on FacebookShare on Twitter

काठमाडौं । बिहीबार अपरान्ह ५ बजे मैतीदेवी मन्दिर अगाडि युवाको एक समूह नारा लगाइरहेको थियो, ‘अब पालो युवाको युवा अघि सर्छ, देश अघि बढ्छ ।’ भिडको बीचतिर थिए, आफ्नै शैलीको दाह्री र चश्मामा सजिएका काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ।

‘महानगरवासी के भन्छ, बालेन साहलाई ले भन्छ’ भन्दै नारा लागिरहँदा उनी सडकमा छेउछाउमा रहेकालाई हेर्छन् र हात हल्लाउँदै मुसुक्क हाँस्दै अघि बढ्छन् । सडक छेउमा रहेका युवा जमात साहलाई देखेपछि मोबाइल बोकेर उनीतिर आउँछन्, सेल्फी खिच्छन् । साह नमस्कार गर्छन्, अगाडि बढ्छन् ।

नारा चलिराख्छ, ‘भोट केमा लौरोमा ।’ र्‍यापरका रुपमा चिनिएका साहलाई हेर्न मोटरसाइकल चढेकाहरु पनि रोकिन्छन् । उनी हात मिलाइदिन्छन्, अघि बढिहाल्छन् । भिडको अगाडि रहेका साह मतदाताको दैलोसम्म चाहिँ पुगेनन्, तर बाटोबाटै दैलोतिर हेर्दै हात हल्लाइरहे । बरु उनलाई चिन्ने मतदाता आफैं सडकमा निस्किएर सेल्फी खिचे ।

मैतीदेवीबाट अनामनगरतिर जाँदै गर्दा एउटा घर अगाडि ६१ वर्षीय रामलाल महर्जन टुक्रुक्क बसिरहेका थिए । साह उनी नजिकै गएर नमस्कार गरे र फेरि अघि बढे । महर्जनलाई साहका सहयोगीले घोषणा पत्र थमाए ।

‘अहिले जाने मान्छेलाई चिन्नुभएको छ ?’ अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘हालसालै देखेको हो, पछिल्लो समय ठीक छ ।’ खासमा टेलिभिजन अन्तर्वार्तामा देखेपछि उनले साहलाई चिनेका रहेछन् ।

साह सांगीतिक क्षेत्रमा जमेका व्यक्ति हुन् भन्ने उनलाई थाहा छैन । तर एक अन्तर्वार्ता सुनेपछि ‘केही गर्छ कि जस्तो लागेको’ महर्जनले बताए ।

‘कांग्रेस, एमाले, माओवादी सबले वाक्कदिक्क भए अब कि राजतन्त्रवादी आउँछन् कि स्वतन्त्र आउने हुन्’ महर्जनले दुःख मिश्रित भावमा सुनाए, ‘देश बेचुवालाई कसैले भोट हाल्दैन, बुद्धु घाँस खानेले मात्र हाल्ने हो ।’

आफूले पनि यसपालि साहलाई भोट हाल्ने उनले बताए । महर्जनले भने, ‘युवा आए केही हुन्छ कि त ।’

टोली मैतिदेवीको मूल सडकमा पुग्दा सवारी व्यवस्थापनमा पनि हम्मेहम्ये भयो । भित्री सडकमा हुँदा तीन म्यादी प्रहरी बालेनको समूहसँगै हिडेको थियो । मूल सडकमा आएपछि प्रहरी सहायक निरीक्षककै नेतृत्वमा टोली परिचालन भयो ।

प्रहरीले एकछेउबाट हिँड्न भिडलाई आग्रह गर्‍यो । तर साहको पक्षमा समर्थकको आवाजअघि प्रहरीको कुरा सुनिएन । त्यसपछि प्रहरीले साहलाई नै टोलीलाई एकछेउबाट हिँड्न भनिदिन आग्रह गर्‍यो । साह आफैंले माइकमा छेउबाट हिँड्न भनेपछि टोली छेउतिर आयो ।

तर सडकमा हिँडिरहेका व्यक्तिले पनि साहसँग हात मिलाउन र सेल्फी खिच्न खोजेपछि फेरि सडक अस्तव्यस्त भइहाल्थ्यो । मैतिदेवीमा ‘वान वे’ सडक छाडेर टोली देब्रेतिर मोडियो ।

मैतीदेवीमा ८६ वर्षीय रामकृष्ण पन्तले साहलाई अंगालो हाले । समर्थकले हुटिङ गर्दै नारा लगाए, ‘भोट फर बालेन ।’ पन्तले यो चुनावअघि कहिल्यै साहको नाम सुनेका थिएनन् । तर जब साह उम्मेदवार बनेको भन्दै समाचारमा आउन थाल्यो, त्यसयता नै उनको नजर बालेनमाथि परेको रहेछ

घरदैलो अभियानमा सँगै हिँडेका एक समर्थकले साहलाई नजिकैको एक पसलमा लिएर गए । पसलमा ४१ वर्षीय सुमन श्रेष्ठ खादा बोकेर बसेका थिए । साहलाई खादा लगाइदिँदै उनले ‘पुराना मान्छेले देशलाई खत्तम बनाइसकेको’ बताए ।

‘अब तपाईं जस्तो पढेलेखेको मान्छे आउनुपर्‍यो’ श्रेष्ठले भने, ‘देशको विकास गर्नुपर्‍यो ।’ श्रेष्ठले यति भन्दा साहचाहिँ चुपचाप हात जोडेर बसिरहे । अलि अगाडि युवाको एक समूह थियो, साहले भ्याए जतिसँग हात मिलाए । तर ती काठमाडौंका मतदाता थिए कि थिएनन् ? थाहा छैन ।

मैतीदेवीको सडकमा हिँडेका बेला सडक पारिपट्टी चार/पाँच जना ज्येष्ठ नागरिकले हात हल्लाए । त्यसपछि साह त्यतैतिर गए । नजिकै पुगेपछि ८६ वर्षीय रामकृष्ण पन्तले साहलाई अंगालो हाले । समर्थकले हुटिङ गर्दै नारा लगाए, ‘भोट फर बालेन ।’

पन्तले यो चुनावअघि कहिल्यै साहको नाम सुनेका थिएनन् । तर जब साह उम्मेदवार बनेको भन्दै समाचारमा आउन थाल्यो, त्यसयता नै उनको नजर बालेनमाथि परेको रहेछ । ‘देखेर एकदम खुशी लाग्यो, एकदम योग्य मान्छे हो’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीका सबै खत्तम छन् ।’

कान राम्रोसँग नसुन्ने पन्तलाई अघिल्लो चुनावमा कसलाई भोट हालेँ भन्ने याद छैन । तर जसलाई हाले पनि राम्रो काम गरेनन् भन्ने लागेको छ । ‘यसपालि कसलाई भोट हाल्नु हुन्छ त ?’ यो प्रश्नमा उनले जवाफ फर्काए, ‘चुनाव छ, स्वागत गरेपछि त्यो त बुझिहाल्नु भयो !’

पन्तसँगै रहेका एसपी लोहनीले चाहिँ साहलाई अगाडि थुप्रिएको फोहोर देखाए । ‘हेर्नु बाबु, चार दिनदेखि फोहोर उठेको छैन, यति धेरै दुर्गन्ध छ’ उनले समस्या सुनाए । साहले नजिक गएर केही भने तर चर्को नारावाजीले आवाज सुनिएन । अनलाइनखबरसँग कुरा गर्दै लोहनीले चाहिँ साहले काठमाडौंलाई स्वच्छ र सफा बनाउछु भनेको बताए ।

‘उहाँले अन्तर्वार्तामा पनि फोहोरमुक्त बनाउने भन्नुभएको थियो, भ्रष्टाचार रोक्नु भन्नुभएको थियो’ लोहनीले भने, ‘मैले यो फोहोर र पार्टीको दुर्गन्ध पनि हटोस् भनेको छु ।’

उनले प्रजातन्त्रमा पार्टी मुख्य कुरा भएपनि अब वाक्क भइसकेको बताए । ‘पार्टीले यति धेरै वाक्क बनायो कि अब स्वतन्त्र मान्छेले मात्र केही गर्न सक्छ भन्ने देखिइसक्यो’ लोहनीले भने, ‘बलियो पार्टीको अगाडि बलियो उम्मेदवार भएर उहाँले माया बटुल्न सक्नुभयो, यही ठूलो कुरा हो ।’

अलि अगाडि बढेपछि ७४ वर्षीय नरेन्द्र उपाध्याय लगायत केही व्यक्तिहरु बसिरहेका थिए । साह उनीहरु नजिकै पुगे र नमस्कार गरे ।

उपाध्यायले घर कहाँ हो भनेर सोधे, उनले साहको नाम यसअघि सुनेकै रहेनछन् । ‘उहाँले बर्दिवास घर हो भन्नुभयो, योभन्दा अगाडि नाम सुनेको थिइनँ’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘युवा उठेको रहेछ, ठीकै छ, राम्रो हो ।’ उनले युवालाई अवसर दिनुपर्ने बताए ।

‘साहलाई भोट हाल्नुहुन्छ त ?’ भन्ने अनलाइनखबरको प्रश्नमा चाहिँ फिस्स हासेँ मात्रै बोलेनन् । फेरि सोधेपछि भने, ‘यो त गाह्रो प्रश्न हो, कसैले पनि भन्दैन ।’

अलि अगाडि बढ्दै जाँदा तीन महिला साह भएतिर आए र हात मिलाउँदै सेल्फी खिचे ।

साहको टोली घट्टेकुलोबाट अनामनगरतिर निस्किँदा प्रहरी वृत्त, सिंहदरबारका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) नै आए । सुरक्षाकर्मीको संख्या पनि बढ्यो । केहीबेर सडक जाम भएपछि उनले सबैलाई सडक पेटीबाट मात्रै हिँडिदिन आग्रह गरे । साहले पनि समन्वय गरिदिन माइकबाटै आग्रह गरे ।

साहले बोलेर मात्र नपुगेपछि ती प्रहरी निरीक्षक आफैं अगाडि बढे र माइक समाते । ‘यो संवेदनशील क्षेत्र हो, यहाँ कुनै चुनाव चिह्न वा नारा नलगाइदिनु होला’ उनले बालेनका समर्थकलाई आग्रह गरे, ‘सिंहदरबार वरिपरि कुनै पार्टीका झण्डा देखाउन पनि रोक लगाइएको छ ।’

बालेनले पनि प्रहरी निरीक्षकले भनेअनुसार नै समन्वय गरिदिन समर्थकलाई आग्रह गरे । त्यसपछि उनीहरुले एकैसाथ राष्ट्रिय झण्डा उठाए, अरु चुनाव चिह्न अंकित सामग्री तल राखे । अनि, एकस्वरमा गीत गाउन थाले, ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो… ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति# स्थानीय निर्वाचन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...