• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विराटनगर महानरपालिका : उपप्रमुखमा जित्नेको मतभन्दा बदर मत धेरै

किन धेरै मत बदर भयो भन्ने कुरा निर्वाचन आयोगले जवाफ दिनुपर्छ : जयराम यादव


विराटनगर महानरपालिका : उपप्रमुखमा जित्नेको मतभन्दा बदर मत धेरै
Share on FacebookShare on Twitter

२०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यस पटक उक्त प्रतिशत झनै बढेको छ । यस पटकको निर्वाचनमा विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ ।

यस पटक उपप्रमुखमा यति धेरै मत बदर हुनुमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु हो भने प्रमुखमा बदर हुनुमा जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनु हो ।

तथ्याङ्क अनुसार प्रमुख पदमा सदर मत ६८ हजार ०३६ रहेको छ भने उपप्रमुखमा सदर मत ५५ हजार २२९ रहेको छ । यस्तै प्रमुख पदमा बदर मत मात्रै २१ हजार ३५८ रहेको छ भने उपप्रमुखमा ३४ हजार १६७ मत बदर भएको छ । विराटनगरको मत बदरको तथ्याङ्क हेर्नुहोस् :



वडाका उम्मेदवारले एक लाइन भोट माग्दा बदर

गठबन्धन गरेर चुनावमा गएका दलहरूले आ–आफ्नो चुनाव चिन्हमा मत माग्दा समर्थक तथा शुभचिन्तकले सोही चिन्हमा मतदान गरेको स्वयं उम्मेदवार तथा दलका नेताहरू स्वीकार गर्छन् । धेरै वडाध्यक्षका उम्मेदवारहरूले त प्रमुख वा उपप्रमुखमा अर्को दलको चुनाव चिन्हमा मत हाल्नु भन्दै समर्थकमा जाने हिम्मत नै गरेनन् । किनकि त्यसो गर्दा आफ्नो चुनाव चिन्हमा कम मत आउने सम्भावना हुन्थ्यो ।



यो कुरालाई नेकपा माओवादी केन्द्र विराटनगरका नेता भोगेन्द्र यादव पनि स्वीकार गर्छन् । ‘हामीले प्रमुख र उपप्रमुखमा हाम्रा उम्मेदवार छैनन् भन्यौँ, तर जनताले आफ्नै बुद्धि लगाइदिए,’ उनी भन्छन्, ‘दलहरूले आफ्नो आफ्नो भोट माग्ने हो । वडाध्यक्षहरूले अरूको माग्दा उतैउतै भोट जान्छ कि भन्ने लागेर एउटै लाइनमा भोट मागेको हुनसक्छ ।’

मत बदर हुनुमा मतपत्र पनि ठीक नभएको उनको भनाइ छ । ‘धेरै मत बदर हुनुमा मतपत्र पनि ठिक थिएन । एउटै लाइनमा चुनाव चिन्ह हुनुपर्नेमा मतदाताले छानेर मत हाल्न नसक्ने खालको मतपत्र थियो । त्यहाँ निर्वाचन आयोगको पनि कमजोरी भयो । सजिलो हुने गरी एक लाइनमा चुनाव चिन्ह दिनुपर्थ्यो,’ नेता भोगेन्द्र यादवले भने, ‘निर्वाचन आयोगले प्रशिक्षण दिएन । अहिले पनि औँठा छाप देखियो । बजेट मतदाता शिक्षामा छुट्याउने तर काम नगर्ने निर्वाचन आयोगको रवैया भयो ।’

यादव मात्रै होइन नेपाली काँग्रेस विराटनगरका सभापति दीपक चापागाईले वडाका उम्मेदवारहरूले आफ्नो भोट बिग्रन्छ भनेर एक छापे मत माग्दा बदर धेरै भएको बताउँछन् । ‘गाछीमा हाल्नेले गाछीगाछी, छातामा हाल्नेले छातामा हाले । वडामा उठ्ने साथीहरूले आफ्नो मत बिग्रन्छ भनेर त्यही अनुसार निर्देशन गरेको बुझिन्छ,’ उनी भन्छन् ।

उनी मात्रै होइन प्रमुख पदमा विजयी बनेका नागेश कोइराला पनि चापागाईंको भनाइसँग सहमत छन् । ‘शिक्षित मानिसमा समस्या थिएन, उनीहरुले बाङ्गोटिङ्गो पनि मत हाल्न सक्थे, तर, जसलाई आउँदैन उनीहरूलाई सिधै हान भन्नै पर्‍यो नि हामीले पनि भनेकै हो,’ कोइरालाले भने, ‘नत्र त बिगार्ने अवस्था थियो नि त ।’

यद्यपि यति धेरै मत बदर हुनुमा गठबन्धन दलका उम्मेदवार नहुनु मात्रै दोषी नभएको उनको भनाइ छ । निर्वाचन आयोगले मतदाता शिक्षा अभियान नै नचलाएको कारण पनि बदर भएको कोइरालाले बताए । ‘मत बदर हुनुमा निर्वाचन शिक्षाको कुरामा अलिक कम भयो । निर्वाचन आयोगले अलिक ५÷६ महिना अगाडिदेखि भन्नुपर्थ्यो । राजनीतिक पार्टीले मात्रै गर्ने कुरा पनि होइन । हाम्रो निर्वाचन आयोगसँग आग्रह रहन्छ कि गाउँमा र घरघरमा मतदाता शिक्षा दिनका लागि जानुपर्छ,’ कोइरालाले भने ।

यता, जसपाका नेता जयराम यादव भने गठबन्धन दलकै पार्टीहरूले बेइमानी गरेको दाबी गरे । ‘किन धेरै मत बदर भयो भन्ने कुरा निर्वाचन आयोगले जवाफ दिनुपर्छ  । यसपालि निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले मतदाता शिक्षा नै चलाएनन् । सबैभन्दा ठूलो दोषी निर्वाचन आयोग हो,’ नेता यादवले भने, ‘बदर मत पहिले पनि २४ प्रतिशत भएको थियो । यसमा हामी दलहरू पनि चुकेका छौँ । हामीले आम मतदातालाई उम्मेदवार नभएको ठाउँमा नहाल्न पनि भन्न सकेनौँ । त्यसमा पनि धेरैले पार्टीगत प्रतिशोध साँधेका छन् ।’  यादवले पनि विराटनगरको उत्तरी क्षेत्रका काँग्रेस र माओवादीहरूले गठबन्धनका मधेसी उम्मेदवारको चुनाव चिन्हमा मत नहालेको र दक्षिणी बेल्डका जनताले पनि पहाडेलाई किन हाल्नु भनेर उम्मेदवार नभएकै चुनाव चिन्हमा मत हालेको पाइएको बताए ।

बिना उम्मेदवारको चिन्हमा मत धेरै

यता मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले बदर भएमध्येको ९० प्रतिशत मत उम्मेदवार नभएको चुनाव चिन्हमा परेको मत रहेको बताए । ‘बदर मध्ये उम्मेदवार नभएको चिन्हमा मत परेको ९० प्रतिशत छ,’ बुढाथोकीले भने, ‘अरू १० प्रतिशत मत बदर भएको हो । हामीले राजनीतिक विषय बोल्न मिल्दैन । उम्मेदवार बिनाको मत सबै बदर भएकोले धेरै देखिएको हो ।’ उनले गठबन्धन भए पनि एकछापे मत धेरै आएको बताए । ‘कसैको मेयरमा उम्मेदवारी छ, कसैको छैन, कसैको उपमेयरमा छ मेयरमा छैन त्यस्तो ठाउँमा लहरै मत आएको छ,’ बुढाथोकीले भने ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि विराटनगर महानगरपालिकाको प्रमुख पदमा २४ दशमलव ७ प्रतिशत मत बदर भएको थियो । महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७.३५ प्रतिशत अर्थात् ८९ हजार ३७८ मत खसेको छ । अघिल्लो निर्वाचनमा महानगरमा ८० हजार ६८९ मत खसेको थियो । त्यसमध्ये मेयरमा १९ हजार ४ सय १९ मत बदर भएको थियो ।

विराटनगरको प्रमुख तथा उपप्रमुख पदमा नेपाली काँग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका थिए । जसमा प्रमुख पदमा काँग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन् । त्यसप्रति असन्तुष्टि जनाउँदै जसपाका नेता उमेश यादवले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादवले लालटिन चुनाव चिन्ह लिएका छन् । प्रमुख पदमा मत दिनेहरूले रुख चिन्हमा पनि र लालटिन चिन्हमा पनि मत दिएको पाइएको मतगणनामा खटिने कर्मचारीहरूले बताएका छन् ।

यस्तै उपप्रमुख पदमा पनि नेकपा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनको चुनाव चिन्ह पनि लालटिन नै रहेको छ । मतदाताले कतै रुख, लालटिन र छाता चिन्हमा पनि मतदान गरेको पाइएको गणनामा खटिने कर्मचारी बताउँछन् ।

 

#विराटनगर महानगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

आजपाले किन गर्दैछ देशभर सप्ताहव्यापी भण्डाफोर अभियान ?

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

प्रहरी नियन्त्रणमा रहेका राप्रपा अध्यक्ष लिङदेनसहितका नेता रिहा

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

एमालेका मधेशी कार्यकर्ताहरु अत्यधिक रुष्ट, मधेशी कार्यकर्तालाई मनाउन के पी ओलीलाई बोलाउदै

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In