शैलेन्द्र महतो
गौशाला, जेठ ८ गते । सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ।
सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो। घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ।
सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो । महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए । सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर ९डगटोली० बाट अनुसन्धान गरको छ। उनीहरु दुवैको ओछयानमै शव फेला परेको छु, सिरहा प्रहरी प्रवक्ता डीएसपी सुभाष ढकालले नेपालखबरसँग भने, ुशव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ। अनुसन्धान गर्दैछौँ।ु
घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए। दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ। नेपालखबर
Discussion about this post