बैंकिङ कसुर मुद्दामा फरार सर्लाही हरिपुर नगरपालिका–१ घर भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई प्रहरीले स्यूचाटारबाट पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्दै आएका सुवेदीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण प्रसाद कोइरालाले बताए ।
बैंकिङ कसूरमा मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले २०७८ फागुन २० मा पक्राउ अनुमति जारी गरेको थियो । सुवेदीको नाममा १ करोड १० लाख बिगो कायम छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।
Discussion about this post