काठमाडौं : कन्सुलर सेवा विभागले निशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।
सेवाग्राहीलाई प्रत्यक्ष रुपमा प्रवाह गर्ने कन्सुलर सेवाहरु (कागजात प्रमाणीकरण, विदेशमा रहेका नेपालीहरुको हकहितको सुरक्षा, उद्धार क्षतिपूर्तिको पहल आदि) सम्बन्धी जानकारी प्रदान गर्न पैसा नलाग्ने टोल फ्रि नम्बर ११५२ सञ्चालनमा ल्याएको विभागले जनाएको छ।
कार्यालय समयभित्र ११५२ टोल फ्रि नम्बरमा आफू रहे/बसेकै स्थानबाट कन्सुलर सेवाका बारेमा जानकारी लिइ सरल, सहज, सुलभ र प्रभावकारी रुपमा कन्सुलर सेवा प्राप्त गर्ने सकिने प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।
Discussion about this post