काठमाडौं । पत्रकारीता पेशाकै वदनाम हुने गरी पाकिस्तानी एजेण्टको दलाली गरेको आरोप लागेका एक जना पत्रकार टेलिभिजनबाट गलहत्याईएका छन् । समाचार लेखेर पैसाको बार्गेनिङ गर्ने तथा ब्यक्तिको चरित्र हत्या गर्ने गर्दै आएका योहो टेलिभिजन पत्रकार ध्रुव रिजाल त्यहाँबाट हटाईएका हुन्।
टेलिभिजनमा उनी ‘समय चक्र’ नामक कार्यक्रमका प्रोड्युसर थिए। सोही कार्यक्रम मार्फत वार्गेनिङ गरेको कुरा वाहिरिएपछि उनी त्यहाँबाट निकालिएका हुन। योहो टेलिभिजनको काम खोसिएपछि उनी न्यूज ट्वान्टी फोर टेलिभिजनमा प्रवेश गर्ने तयारीमा छन् । न्यूज ट्वान्टी फोर टेलिभिजनले पनि रिजाल पत्रकारको रुपमा आवद्ध भएको पुष्टी गरेको छ।
न्यूज ट्वान्टी फोर टेलिभिजनमा आवद्ध भएसँगै उनले ‘अब सिधा कुरामा खुलेआम बार्गेनिङ गरिन्छ’ भन्दै हिड्न थालेका छन। उनको यही प्रवृत्तिका कारण उनी वेलावखत कार्वाहीमा पर्ने गरेका छन् । रिजाल लामो समयदेखी पत्रकारीतामा आवद्ध छन् । तर, दुःख लाग्दो पक्ष के छ भने– उनले हालसम्म कुनै पनि मिडियाबाट आफनो इच्छाअनुसार निस्कन पाएका छैनन्।
हरेक मिडियाबाट उनलाई निकालिएको छ। योहो टेलिभिजनमा आवद्ध हुनु अघि उनी मिमालय टेलिभिजनमा कार्यरत थिए। उनले आफु कार्यरत संस्थाका सञ्चालककै विरुद्ध समाचार खोतल्न थालेपछि उनलाई त्यहाँबाट हटाईएको थियो ।
त्यसअघि उनीले एभी न्यूज टेलिभिजन र नेपाल आज डटकममा पनि काम गरे। उनलाई ति दुवै मिडियाबाट निकालिएको थियो। जथाभावी रकम असुलेको, महिलाहरुलाई दुर्ब्यवहार गरेको, बल्खुस्थित एक सहकारीलाई अनावश्यक रुपमा दुःख दिएको लगायतका विषयमा उजुरी परेपछि उनी हरेक मिडियाबाट निकालिने गरेका छन् ।
कार्यरत मिडियाबाट निकालिएपपछि पनि उनले ति संस्थालाई दुःख दिने गरेको सम्वन्धित मिडियाका सञ्चालकहरु वताउँछन् । नेपाल आज डटकमबाट निकालिएपछि उनले आफुलाई ‘पाकिस्तानी एजेण्ट भन्दै हिडेको’ आरोप लगाउँदै सञ्चालक विरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत दिएको वताईन्छ।
Discussion about this post