काठमाडौँ, जेठ २९ गते । सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन्।
चुरोटको विषयमा झगडा हुँदा आफ्नै दाजुले खुकुरी प्रहार गरी १८ वर्षीय भाइ देवकुमार धामीको हत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।
बराहक्षेत्र नगरपालिका ४ कौवाका ३० वर्षीय देबराज धामीले हत्या गरेको प्रहरीको दाबी छ। आइतबार देवराजलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
चुरोटको निहुँमा दाजुभाइको झगडा भएको प्रहरीले जानकारी दिएको छ। खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएका थिए। धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
Discussion about this post