बागलुङ, असार १ गते । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका-२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा मंगलबार राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड-२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।
बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति ९करेन्ट० लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाएका छन् ।
Discussion about this post