काठमाडौं, असार २ गते । अमेरिकाको टेक्सस राज्यस्थित ओडेसा सहरमा उपोभक्ताहरुले खानेपानीको चरम अभाव खेप्नु परेको छ ।
प्रसारण लाइनमा लिकेजको कारण खानेपानीको पाइपमा चाप घटेका कारण गत सोमबार ओडेसाका १ लाख ६५ हजार घर तथा व्यपारिक भवनहरुमा पूर्णरुपमा खानेपानी आपूर्ति बन्द हुन पुगेको अन्तर्र्राष्टिय सञ्चारमाध्यम एसोसियट प्रेस (एपी )ले जनाएको छ ।
बुधबार बिहान ८ बजे पछि सहरमा खानेपानीको आपूर्ति पुन सुचारु गरिएपनि पहिलाकै अवस्थामा आपूर्ति हुनका लागि अझै १२ देखी १४ घण्टासम्म लाग्ने बताइएको छ । सहरमा खानेपानीको अभाव देखिए पछि प्रबन्धक माइकल मरेरोलो सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै हाल सहरलाई पाइपलाइन ब्रेक हुनु अघिको अवस्थामा ल्याउनका यथासम्भव प्रयास भइरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म तपाईलाई आश्वस्त पार्न चाहन्छु की हामी यो समुदायलाई यो विशाल लाइन ब्रेक हुनु अघिको अवस्थामा फिर्ता ल्याउन सुनिश्चित गर्नको लागि हाम्रो अधिकारमा भएका सबै स्रोतहरू प्रयोग गर्दैछौं ।’
अत्याधिक गर्मीको समयमा खानेपानीको आपूर्ती बन्द हुँदा सर्वसाधरणहरुलाई थप समस्या आइपरेको मिडिया रिपोर्टमा उल्लेख छ । बुधबार ओडेसाको तापक्रम १०० डिग्री फरेनाइट पुगेको थियो ।
Discussion about this post