• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध


हाम्रो अनुहारमा हुर्किरहेका छन् किरा, ‘घर’ नै बनाइरहेका छन् : शोध
Share on FacebookShare on Twitter

काठमाडौं, असार ८ गते । तपाईंको अनुहारमा लगातार घुन हुर्किरहेका छन् । राती ती घुनले तपाईंको अनुहारमा नै यौन सम्बन्ध स्थापित गर्छन् । आफ्नो जनसंख्या बढाउँछन् । टाउको छालामुनि छिराउँछन् । पुच्छर र अन्य अंग भने बाहिर निकाल्छन् । धर्तीमा भएका धेरैजसो मानिसको कहानी यस्तै नै हो । मानिस एउटा एक्लो जीव हो जसको अनुहारमा डेमोडेक्स फालिकुलोरम नामको घुन अर्थात् माइट्स बस्छन् । यी हाम्रो अनुहारको छालामा नै जन्मिन्छन् । हाम्रो छाला खान्छन् । त्यहिँ प्रजनन गर्छन्, त्यहिँ मर्छन् पनि ।

डेमोडेक्स फालिकुलोरम नामको घुनको पूरा जीवन तपाईंको मृत कोसिका खानमा नै बित्छ । यी मानिसमा यति निर्भर हुन्छन् कि कुनै अन्य जीवमा उनीहरु भर पर्नु नै पर्दैन । नयाँ अनुसन्धानबाट के पत्ता लागेको छ भने यिनीहरु सुरुवाती समय देखि नै मानिसकै अनुहारमा थिएनन् । पहिला यिनीहरु बाहिरी प्यारासाइट (एक्टोप्यारासाइट) थिए । जुन पछि आन्तरिक हिस्सामा समाहित भए र अब मानिससँग यिनीहरुले पारस्परिक सम्बन्ध निभाइरहेका छन् ।

करोडौँ वर्षदेखि हाम्रो अनुहारमा जिउँदो छन् यी प्यारासाइट

समय सँगै डेमोडेक्स फालिकुलोरम घुन मानिसको शरीरसँग घुलमिल भइरहेको देखिएको छ । यसका साथै यिनिहरु विकसित पनि भइरहेका छन् । अब यिनीहरु स्थायी रुपमा नै हाम्रो शरीरमा बसिरहेका छन् । वैज्ञानिकले अब यो घुनको जिनोम सिक्वेन्सिङ गरेको छ । यसमार्फत् यी जीवलाई मानिसको अनुहारको छाला किन मनपर्छ, यहाँ नै किन बस्छन् भन्ने जानकारी प्राप्त गर्न खोजिएको छ ।

मानिसको विकाससँगै यिनीहरुको पनि विकास भयो

इंग्ल्याण्ड स्थित युनिभर्सिटी अफ रिडिङ्गको इनभर्टिब्रेट बायोलोजिस्ट अलेजान्ड्रा परोट्टीले यी जीवको जिनमा असाध्यै धेरै परिवर्तन भएको जानकारी दिए । उनले भने, ‘यिनीहरुको शारीरिक संरचनामा पनि निकै परिवर्तन आएको छ किनभने यी छालाको प्वाल (रोम छिद्र) मा बस्छन् । यी छिद्रमा बस्ने भएकोले यिनीहरुको डिएनएमा पनि निकै परिवर्तन आइरहेको छ । उनीहरुको शरीर र व्यवहारमा पनि परिवर्तन भएको छ ।

Skin Mites That Mate on Our Faces at Night Are Slowly Merging With Humans https://t.co/JCW3rfEiti

— ScienceAlert (@ScienceAlert) June 22, 2022

अनुहारमा जन्मिने, यौन सम्बन्ध राख्ने र मर्ने, यत्ति मात्रै हो काम

डेमोडेक्स फालिकुलोरमको एउटै खाना मानिसहरुको अनुहारको छाला हो । यसको जीवन चक्र दुई हप्ताको मात्रै हुन्छ । यो जीवन उनीहरुले मानिसको अनुहारमा नै बिताउँछन् । यिनीहरु राती मात्रै रोम छिद्रबाट बाहिर निस्कन्छन् । छालाको चारैतिर टहल्छन् । साथी खोज्छन्, उनीहरुसँग यौन सम्बन्ध स्थापित गर्छन् । त्यसपछि चुपचाप आफ्नो रोमछिद्रमा सुरक्षित भएर बस्ने गर्छन् ।

अब अनुसन्धान भइरहेको छ – यसबाट मानिसलाई के फाइदा ?

यो घुनको लम्बाई एक मिलिमिटरको एक तिहाई हुन्छ । यसका स–साना धेरै खुट्टा हुन्छन् । एउटा मुख हुन्छ । यसबाहेक लामो पुच्छर जस्तो शरीर हुन्छ । यसमार्फत् यिनीहरु निकै सजिलै रोमछिद्रमा प्रवेश गर्न सक्छन् । त्यसपछि मृत कोसिका खान्छन् । अचम्मको कुरा के छ भने यसको शिकार कसैले पनि गर्दैन । यिनीहरु मानिसको अनुहारमा निकै आनन्दले आफ्नो दुई हप्ताको जीवन व्यतित गर्छन् । त्यसपछि मर्छन् । अब वैज्ञानिकले यसले मानिसलाई फाइदा पुर्याउँछ वा हानी हुन्छ भन्नेबारे अनुसन्धान गरिरहेका छन् । यो अनुसन्धान हालै मोलिक्युलर बायोलोजी एन्ड इभोलुसनमा प्रकाशित भएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # जीवनशैली
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

गुलाबको फूल : अनेक किस्सा

गुलाबको फूल : अनेक किस्सा

पर्यटकीय गाउँ सिक्लेस

पर्यटकीय गाउँ सिक्लेस

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

kewrat

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...