• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

उदयपुर सिमेण्टको संचित नाफा ५६ करोडबढी


उदयपुर सिमेण्टको संचित नाफा ५६ करोडबढी
Share on FacebookShare on Twitter

उदयपुर : सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेण्ट उद्योगले आर्थिक वर्ष २०७७/७८ मा एक अर्बबढी रकम आम्दानी गरेको छ। त्यसमध्ये ५६ करोड बढी सञ्चित नाफा निकालेको छ।

उद्योगले वार्षिकरुपमा तयार पारेको लेखापरीक्षण प्रतिवेदन अनुसार १ अर्ब १६ करोड ३२ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ ६३ पैसा आम्दानी देखिएको हो। त्यसमध्ये सिमेण्ट विक्रीबाट १ अर्ब १४ करोड ७८ लाख १३ हजार ५९१ रुपैयाँ र व्याज तथा अन्य श्रोतबाट १ करोड ५६ लाख ६८ हजार ७ सय ३० रुपैयाँ ६३ पैसा रहेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए। यो आर्थिक वर्षमा १७ लाख ६७ हजार ७६९ बोरा सिमेण्ट बिक्री गरिएको उनले बताए।

उद्योगले भर्खरै सम्पन्न गरेको स्थापनाको ३५ औं वार्षिकोत्सव तथा ३४ औं साधारण सभामा उद्योगका सञ्चालक समितिका अध्यक्ष तथा उद्योग मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलले वार्षिक प्रतिवेदनमा यस्तो तथ्यांक प्रस्तुत गरेकी हुन्। प्रतिवेदनमा ०७७/७८ को बित्तीय बिवरणहरु ‘नेपाल बित्तीय प्रतिवेदन मापदण्ड’ (एनएफआरएस) अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा उद्योगलाई ५६ करोड ३८ लाख ८६ हजार ८ सय ४१ रुपैयाँ ३५ पैसा वासलतमा संचित नाफा कायम भएको देखाइएको छ।

प्रतिवेदनमा उद्योगका हालको पुँजीगत संरचना अधिकृत पुँजी १० अर्ब रहेको छ। जारी तथा चुक्तापुँजी ३ अर्ब ६४ करोड ८० लाख ५१ हजार, साधारण सेयर ४४ करोड ३७ लाख ५१ हजार, अग्राधिकार सेयर ३ अर्व २० करोड ४३ लाख रहेको उल्लेख गरिएको छ। त्यसैगरी ३७ करोड ६२ लाख ६३ हजार ५६१ रुपैयाँ राजश्व र शुल्कबापत भुक्तानी भैसकेको जनाइएको छ।

प्रतिवेदनमा उद्योगले अत्यावश्यक खर्चलाई मात्र प्राथामिकता गरी अनावश्यक सबै खर्च कटौती गरेको जनाएको छ। उद्योगको सम्पतीतर्फ खानी क्षेत्रमा २ सय ६३ दशमलव २३ हेक्टर र कालखाना स्थलको लागि १ सय ९२ हेक्टर वन क्षेत्र रहेको छ। अन्य प्रयोजनका लागि अधिग्रहण गरी श्रेष्ता कायम भएको कारखाना क्षेत्रमा ५० विघा १ कठ्ठा १२ धुर, खानी क्षेत्रमा ५ सय १८ बिघा १५ कठ्ठा १३ धुर जग्गा रहेको छ।

महाप्रबन्धक न्यौपानेका अनुसार चालु आर्थिक वर्षको जेठ २८ गतेसम्म उद्योगले २० लाख ७५ हजार बोरा सिमेन्ट बिक्री वितरण गरेर वार्षिक लक्ष्यको नजिक पुगेको छ। वार्षिक लक्ष्य चुम्न भने असारभित्र उद्योगले ३ लाख २५ हजार बोरा सिमेन्ट थप बेच्नुपर्ने उनले बताए। उद्योगले चालु वर्षको वार्षिक बिक्री लक्ष्य २४ लाख बोरा लिएको छ।

पुराना मेसिनमा समस्या आईरहने भएकाले लक्ष्य चुम्न गार्हो देखिएको छ। उद्योगको क्लिंकर उत्पादनको हिसाबले कुल क्षमताको २९ दशमलव ७८ प्रतिशत सिमेण्ट उत्पादनका हिसावले ३१ दशमलव ८९ प्रतिशत मात्र उत्पादन भएको छ।

आर्थिक वर्षको अन्त्यतिर भौतिक पूर्वाधार संरचना निर्माणको ‘पिक सिजन’ भएकाले असारमा लक्ष्यभन्दा बढी नै सिमेन्ट बिक्री हुने अनुमान उद्योगलले लिएको महाप्रबन्धक न्यौपानेले बताए। प्रतिवेदनमा उद्योगले बिद्युत महशुल, मूल्यअभिवृद्धी कर, अन्तशुल्क, सामाजिक सुरक्षा कर, अग्रिम आयकरलगायतका शिर्षकमा गरी ३७ करोड ६२ लाख ६३ हजार ५ सय ६१ रुपैयाँ राजश्व नेपाल सरकारलाई बुझाएको महाप्रबन्धक न्यौपानले बताए।

प्रतिवेदनमा सामाजिक कार्यतफ सडक, खानेपानी, पुलपुलेसा, स्कुल, भवन, मठमन्दिरमा अनुदान सिमेण्ट उपलब्ध गराएको उद्योगको स्वामित्वमा रहेको रोलर, डोजर, लोडर, क्रेन, एम्बुलेन्स उपलब्ध गराएको, दैविप्रकोप नियन्त्रण, स्वास्थय सेवा, कोभिडको बेला अक्सिजन सिलिण्डर, आईसोलेसन केन्द्रलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ।

प्रतिवेदनमा कर्मचारी सेवानिवृत भएसँगै पाउने रकमका लागि अब सिमेण्ट बिक्रीको समय कुर्नु नपर्ने भएको छ। यसअघि उपदान कोष खडा नगर्दा कहिले सिमेण्ट विक्री हुन्छ र लिने भन्ने समस्यालाई उद्योग प्रशासनले यो पटक सुधार गरेको छ। यसका लागि उद्योगले कोष स्थापना गरेको छ। उद्योगले उपदान तथा औषधि उपचारबापत २०७८ साउनसम्म अवकास प्राप्त कर्मचारीलाई १२ करोड ५० लाख भुक्तानी गरिसकेको महाप्रबन्धक न्यौपानले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।

वार्षिकोत्सवको अवसरमा उद्योगले नवनिर्मित ‘कोल मिल बेल्ट’को उद्घाटन, त्रियुगा नगरपालिकाका जनप्रतिनिधिलाई सम्मान र उद्योग क्षेत्रको खाली जमिन हराभरा बनाई स्वच्छ वातावरण बनाउन बिभिन्न जातका १ हजार बिरुवा रोपिएको छ। सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ कोईला राख्ने गोदाम (कोल यार्ड)बाट सोझै भट्टीसम्म कोईला लान मिल्ने गरी कोलमिल बेल्टको जडान गरिएको हो।

कोलमिल बेल्ट निर्माण भएपछि वर्षेनी कम्तिमा ३५ लाख रुपैयाँ उद्योगलाई बचत हुने सूचना अधिकारी लक्ष्मण पोखरेलले बताए। यसअघि यार्डदेखि भट्टीसम्म टिपर, ट्रक र ट्याक्टरमार्फत कोईला लैजानुपर्दा एकातिर झन्झटिलो थियो भने अर्कातिर कोईला खेर जाने समस्या अब अन्त्य भएको उनले बताए। उद्योगमा ४ सय ७२ जना प्राविधिक र १ सय ४१ जना प्रशासनतर्फ दरबन्दी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

वित्तीय समावेशिताका लागि नेपालमा विश्व बैंकको ठूलो लगानी

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

ऊर्जा आयोजनाका लागि हकप्रद सेयर सहजीकरण गर्न सरकारसँग आग्रह

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

युद्ध र असुरक्षाले सुन–चाँदी सेफ हेभन बन्दै

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In