• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जन्मदिनमा बिरुवा रोप्ने संस्कार


जन्मदिनमा बिरुवा रोप्ने संस्कार
Share on FacebookShare on Twitter

काठमाडौं । केही वर्षअघि जब अभिनेत्री ऋचा शर्मा गर्भवती भइन्, यसको खुसीयाली साझेदार गर्ने उनले गज्जबको जुक्ति अपनाइन् । आफू गर्भवती भएको खुसी साट्दै उनले सजीवनको बिरुवा रोपिन् । श्रीमान र ऋचाले बिरुवा रोपिरहेको तस्वीरले सामाजिक सञ्जालमा राम्रै तरंग ल्यायो ।

नुवाकोटका चुलाबहादुर आफ्ना कान्छो छोराको पहिलो जन्मदिनमा लिचीको बिरुवा रोपे । छोरा अहिले २७ वर्षका लक्का जवान भइसकेका छन् । उनी अहिले अध्ययनका लागि पाकिस्तानमा छन् । चुलाबहादुर भन्छन्, ‘यही लिचीको रुख हेरेर छोराको न्यास्रो मेटिरहेको छु ।’

असार ११ गते प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले पनि बिरुवा रोपेर आफ्नो जन्मदिन मनाए । फेसबुकमा स्टाटससहित बिरुवा रोपेको तस्वीर पोस्ट गरेका छन् ।  ‘यस वर्ष पनि बिरुवा रोपेर जन्मदिन मनाउने संयोग र समय मिल्यो । विभिन्न माध्यमबाट शुभकामना दिइरहनु भएको छ, सबैप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दै मलाई आजको दिन यस धर्तीमा जन्म दिनुहुने आम्मा र आप्पाप्रति सेवाढोग अर्पण गर्दछु,’ उनले लेखेका छन् ।

त्यस्तै गुल्मी घर भई हाल काठमाडौंमा बस्दै आएका आनन्द नेपालीले पनि आफ्नो जन्मदिन असार ४ गते बागमती किनारमा रुद्राक्ष र पीपलको बिरुवा रोपेर जन्मदिन मनाए ।  उनी ७-८ वर्षअघिदेखि आफ्नो जन्मदिनमा बिरुवा रोप्दै आइरहेका छन् ।

आमाबुवाले आफ्ना बालबच्चाको जन्मदिन तामझामका साथ मनाउने प्रवृत्ति व्याप्त छ । जन्मदिनमा अक्सर केक काट्ने, मीठोमसिनो पकाएर भोजभतेर खुवाउने, नाचगान गर्ने चलन छ । घरमा मात्र कहाँ हो र कतिपयले त रेस्टुरेन्ट वा पार्टी प्यालेसमा समेत आफ्ना बालबच्चाको जन्मदिन मनाउने गरेका छन् ।

जन्मदिनमा उपहार दिने चलन पनि व्यापक छ । त्यसैले आमाबुवा एवं आगन्तुकले बच्चालाई उपहारसहित जन्मदिनको शुभकामना दिने गरेका छन् । बच्चाको लागि सर्वोत्तम उपहार के हुनसक्छ ?

बच्चाको उमेर, रुचि आदिको मूल्यांकन गरेर यसको जवाफ दिनुपर्ने हुन्छ । यद्यपि बच्चाको जन्मदिनमा उनकै नाममा बिरुवा रोप्नु एउटा राम्रो संस्कारको थालनी हुनसक्छ । बच्चाको जन्मदिनमा बिरुवा रोप्ने संस्कार आफैंमा अर्थपूर्ण र उदाहरणीय हुनसक्छ ।

उदाहरणीय अभ्यास

जन्मदिनमा रुख बिरुवा रोप्नु एउटा नयाँ र उदाहरणीय अभ्यास हुनसक्छ । आफ्नो जन्मदिनमा बिरुवा रोप्ने कुराले उनीहरु यसै पनि दंग हुन्छन् । साथै, उनीहरुलाई यसले प्रकृति र पर्यावरणसँग एकाकार भएर बाँच्न पनि प्रेरित गर्छ । बिरुवा रोप्ने अभ्यासले बच्चामा रुख, प्रकृति आदिको बारेमा थुप्रै व्यावहारिक ज्ञान प्राप्त हुनसक्छ ।

आफूले रोपेको बिरुवा हुर्कंदै जाँदा उनीहरुलाई बेग्लै आनन्द अनुभूत हुन्छ । बिरुवालाई मलजल गर्ने, गोडमेल गर्ने कुराले सधैं उत्साहित र सक्रिय राख्छ । वनस्पति विज्ञ कमल मादेन भन्छन्, ‘जन्मदिनमा अरु तडकभडक नगरी बिरुवा रोप्न सिकाइयो भने यसले उनीहरुलाई अर्थपूर्ण जीवन बाँच्ने कला सिकाउँछ ।’ यस किसिमको अभ्यासले बच्चालाई प्रकृति र वातावरणमैत्री पनि बनाउने उनको भनाइ छ ।

‘जब बच्चाहरु प्रकृतिमैत्री हुन्छन्, उनीहरु स्वस्थ र फूर्तिलो हुन्छन्,’ मादेन भन्छन् ।

समाजशास्त्री डा. मीना उप्रेतीका अनुसार अहिले तामझामका साथ जन्मदिन मनाउने प्रवृत्ति सही होइन । यसले कमजोर आर्थिक स्थितिका अभिभावकमाथि दबाब थपेको र निम्नवर्गीय बालबच्चालाई हतोत्साही गरिरहेको छ ।

‘यदि जन्मदिनमा केक काट्ने, भोज खुवाउने, उपहार दिने भन्दा पनि रुख बिरुवा रोप्ने चलन चलाइयो भने यसले जन्मोत्सवलाई सार्थक बनाउनेछ,’ उनी भन्छिन् ।

के प्रभाव पर्छ ?

जन्मदिनको अवसर पारेर बिरुवा रोप्ने अभ्यासले बच्चामा सकारात्मक कार्यशैलीको विकास हुने बताइन्छ । यसले उनीहरुलाई प्रकृतिमैत्री जीवन बाँच्न सिकाउँछ । साथै, वातावरण हराभरा राख्न उनीहरुको योगदान पनि रहन्छ । पर्यावरण र जीवनका लागि रुखको महत्व बुझ्छन् ।

जब बच्चाले कुनै बिरुवा रोप्छन्, त्यससँग उनीहरुको भावनात्मक सम्बन्ध रहन्छ । रुख जति जति हुर्कंदै जान्छ, उनीहरुमा खुसी हुने बहाना पनि मिल्छ ।

जन्मदिनको अवसर पारेर रुख रोप्ने अभ्यासले पर्यावरणमा ठूलो योगदान पुग्ने बताउँछन् अभियन्ता निपेश ढाका । उनी वातावरण संरक्षणको क्षत्रमा विगतदेखि नै सक्रिय छन् । ‘रुख नै सम्पूर्ण जीवन हो,’ ढाका भन्छन्, ‘त्यसले हामीलाई घाँस–दाउरा, फलसँगै अक्सिजन पनि दिइरहेको हुन्छ । यति गुणी रुखप्रति सद्भाव र प्रेम जगाउनु अहिलेको आवश्यकता हो ।’

अहिले बालबच्चाहरु प्रकृतिबाट विमुख हुँदै गइरहेका छन् । यसले बच्चालाई क्रोधी, उदण्ड र एकलकाँटे बनाउँदैछ । जब बच्चा प्रकृतिसँग नजिक हुन्छन् उनीहरु धैर्यवान, इमान्दार, सहनशील हुने समाजशास्त्री डा. मीना उप्रेती बताउँछन् । ‘जब बालबालिका रुख विरुवासँग नजिक हुन्छन् उनीहरु शान्त र खुसी रहन्छन्,’ उनी भन्छिन् । बालबालिकालाई बजारसँग नभई प्रकृतिसँग नजिक बनाउनुपर्ने उनको सुझाव छ ।

रुख बिरुवा रोप्दा रैथाने जातलाई प्राथमिकता दिनुपर्ने वनस्पतिविद् मादेन बताउँछन् । हाम्रो हावापानी र माटो अनुकूल बिरुवा नै राम्रो हुने उनको भनाइ छ । आफ्नो जग्गाजमिन नहुने वा खुला जग्गामा विरुवा रोप्नका लागि अनुकूल अवस्था नभएकाले घरमै गमलामा कुनै पनि किसिमको वनस्पति रोप्न सक्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # जीवनशैली
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

गुलाबको फूल : अनेक किस्सा

गुलाबको फूल : अनेक किस्सा

पर्यटकीय गाउँ सिक्लेस

पर्यटकीय गाउँ सिक्लेस

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

लहानका उपप्रमुख महतोद्वारा जिल्ला समन्वय समितिका उप-प्रमुख लामा सम्मानित

kewrat

केवरत भाषाको वर्ण पहिचान सम्पन्न

Discussion about this post


© Dainik Sanjal

भर्खरै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In