News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Sunday - August 14, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

त्रिविको छात्रावास भवनमा कतै क्याम्पस, कतै अस्पताल


त्रिविको छात्रावास भवनमा कतै क्याम्पस, कतै अस्पताल

१३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरुको सहजताको लागि छात्रावास (होस्टल) व्यवस्था गरिएको छ । टाढा टाढाबाट उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थी, जो डेरा लिएर बस्न सक्दैनन्, लाई सहजताको लागि होस्टलमा बस्ने सुविधा हुन्छ । तर अहिले होस्टलको भवन विद्यार्थीको लागि भन्दा अरु नै प्रयोजनमा प्रयोग भइरहेको छ । त्रिवि छात्रावासका भवन आँखा अस्पताल, ललितकला क्याम्पस र सेवा आयोगले प्रयोग गरिरहेका छन् ।

त्रिविका छात्रावासका लागि बनाइएका पुराना भवनहरु मध्ये ‘घ’ र ‘ग’ ब्लकमा ०७२ को भूकम्पले धेरै क्षति पु¥याएको थियो । त्यसपछि त्यहाँ विद्यार्थी राख्न सक्ने स्थिति बनेन र खाली गराइयो । त्रिवि केन्द्रीय कार्यालयले मर्मत सम्भार गरेर विद्यार्थीको लागि उपयोग गर्न भन्दा पनि मर्मत गरेर उपयोग गर्ने सर्तमा आँखा अस्पताल र ललितकला क्याम्पसलाई प्रयोग गर्न दियो । तिनै भवनहरुमध्ये ‘ग’ ब्लकमा ललितकला क्याम्पस र ‘घ’ ब्लकमा कीर्तिपुर आँखा अस्पताल बसेका छन् ।‘ङ’ ब्लककी होस्टेल वार्डेन सरला लुइँटेलका अनुसार २०७२ को भूकम्प अघिसम्म त्यहाँ ५५ जति विद्यार्थी बस्ने गरेका थिए ।

त्रिवि केन्द्रीय कार्यलय र नेत्रज्योति संघबीच सम्झौता गरेर राखेको पाइएको त्रिवि प्रिन्सिपल ध्यानेन्द्र राईले जानकारी दिए । उनले भने ‘त्यसबेला त्रिवि केन्द्रीय कार्यालय र नेत्र ज्योती संघ बीच भएको सम्झौतामा नेत्र अध्ययन केन्द्र हुने, त्रिविको लोगो पनि रहने गरी, शिक्षक कर्मचारीलाई सहुलियत दिने र नेत्र ज्योतिको भवन बनेपछि स्थानान्तरण गर्ने भनिएको रहेछ ।’

त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता भएकोले त्रिवि केन्द्रीय कार्यलयले नै सम्झौता अनुरुप काम भए÷नभएको अनुगमन गर्ने अधिकार रहने उनको भनाइ छ । प्रिन्सिपल राईले भने ‘यो त्रिवि केन्द्रीय कार्यालयले गरेको सम्झौता हो । त्यसैले हामीले केही गर्न मिल्दैन, हामीले चासो भने राखिरहेका छौं ।’तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् ।
ललितकला क्याम्पस बसेको ‘ग’ ब्लक भने अत्यन्तै जीर्ण अवस्थामा रहेको उनको भनाइ छ । भोटाहिटीमा रहेको ललितकला क्याम्पसको भवन भूकम्पले भत्काएपछि उक्त होस्टलमा मर्मत सम्भार गरेर सरेको थियो । त्रिवि प्रिन्सिपल राई भन्छन् ‘ललितकला दुखैले बसिरहेको छ । आफ्नो भवन लगभग सकाएको छ । सरेपछि पनि तत्काल विद्यार्थीहरु राख्न सकिने अवस्था छैन ।’

अर्को ‘क’ र ‘ख’ ब्लक जीर्ण हुँदै जान थालेपछि त्यसको सट्टा अर्को भवन बनाइएको छ । करिब सय जना विद्यार्थी क्षमता बराबरको उक्त भवनमा पनि सेवा आयोग आएर बसेको छ । भूकम्पले सेवा आयोगको भवनमा क्षति पु¥याएपछि उक्त नवनिर्मित छात्राबासको भवनमा सेवा आयोग बसेको छ ।

छात्रवासमा पनि क, ख, ग, घ गरी चार ब्लकमध्ये ख ब्लकमा पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी रहेको भवन पनि जीर्ण रहेको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । ‘ख’ ब्लक पुनर्निर्माणको लागि भारतीय सरकार र नेपाल सरकारबीच सम्झौता भइसकेको छ । भारतीय एक्जिम बैंकको लगानी गर्ने सम्झौता भएपनि पुनर्निर्माण हुन सकेन । अब शिक्षा मन्त्रालयले हेर्ने गरी प्रक्रिया अगाडि बढिरहेको प्रिन्सिपल ध्यानेन्द्र राईले बताए ।

होस्टल नबन्दा विद्यार्थीहरु मर्कामा

छात्रावासका क र ख ब्लक पनि जीर्ण भइसकेकाले केही कोठा प्रयोग गर्नै नसक्ने अवस्थामा भएको होस्टल वार्डेन झुपा कुमारी बुढाथोकी बताउँछिन् । अहिले ७० जना विद्यार्थी बस्छन् यो ब्लकमा । उनी भन्छिन् ‘करिब ९० जना बढी विद्यार्थी क्षमता बराबरको हो यो ब्लक । कुनै बेला सय जना विद्यार्थी पनि बसेका थिए भन्ने सुनिन्छ । तर, अहिले कुनै कुनै कोठा बस्ने सक्ने अवस्थाका छैनन् । त्यसले कुनैमा चाबी छ कुनैमा स्टोर रुम बनाएका छौं ।’ क र ख ब्लकमा पहिलो र दोस्रो सेमेस्टरका विद्यार्थी राखिन्छ । त्यसपछि ‘ङ’ ब्लकमा राखिन्छ । जुन नयाँ भवन हो ।

छात्रावासमा बस्नको लागि मेरिट प्रकृयाको आधारमा विद्यार्थी छनौट गरिन्छ । त्रिविको यो होस्टल दुरदराजबाट पढ्न आउने, आर्थिक अवस्था कमजोर भएकाका लागि बनाइए पनि पर्याप्त नहुँदा लक्षित विद्यार्थी मध्ये न्यूनले मात्रै सुविधा पाएको वार्डेन बुढाथोकी बताउँछिन् । भन्छिन् ‘करिब तीन सय विद्यार्थीको आवेदन पर्छ तर के गर्नु ७० जना भन्दा बढी छनोट गर्न सकिँदैन ।’

विद्यार्थी बन्दना शर्मा भएका होस्टलका भवन मर्मत सम्भार गरेर विद्यार्थीकै लागि उपयोग हुनुपर्ने बताउँछिन् । भन्छिन् ‘विद्यार्थीको लागि बनाइएका भवन भत्केपनि मर्मत सम्भार गरेर चलाउनुपर्छ नि । मर्मत सम्भार गर्नै नसक्ने भन्ने पनि होइन होला ।’

‘स्वार्थ समूहको हितमा सम्झौता’

तत्कालीन उपकुलपति हिरा बहादुर महर्जनले छात्रावासको भवनमा आँखा अस्पताल सञ्चालन गर्ने सम्झौता गरेका थिए । उपकुलपतिले विद्यार्थीको लागि नभई स्वार्थ समूहको हितमा सम्झौता गरेको एक विद्यार्थी आरोप लगाउँँछन् । उनी भन्छन् ‘भुकम्पपछि झन् विद्यार्थी समस्यामा थिए । होस्टलको भवन मर्मत गरेर विद्यार्थीको लागि चलाउनुको साटो अस्पताललाई दिनु उपकुलपतिले गर्ने काम होर ? स्वार्थ समूहको हितमा हुनेगरी गर्नाले अहिले विद्यार्थीहरु मर्कामा छन् ।’

‘ङ’ ब्लककी वार्डेन सरला लुईंटेल सबै छात्राबासकै लागि निर्मित भवनहरु त्यहि प्रयोजनको लागि प्रयोग गर्न सके धेरै विद्यार्थी लाभान्वित हुने बताउँछिन् । भन्छिन् ‘यी सबै भवनहरु होस्टलकै लागि प्रयोग गर्न सकिए त होस्टलको आवश्यकता भएका धेरै विद्यार्थीलाई व्यवस्थापन गर्न सकिन्थ्यो ।¬’ होस्टलमा बसेर पढ्दा धेरै फरक पर्ने उनको अनुभव छ । भन्छिन् ‘होस्टल बसेर पढ्दा धेरै फरक पार्छ । म आफै पनि होस्टल बसेर पढेको भएर बस्न चाहनेलाई व्यवस्थापन गर्न पाए हुने भने जस्तो लाग्छ ।’

छात्रवास करिब दुई सय क्षमता बराबरको भवन हो । तर, ६६ सीट क्षमता बराबरको ‘ख’ ब्लक भत्काइएको छ भने बाँकी रहेको भवन पनि जीर्ण भएकाले कोठाहरु प्रयोग गर्न सकिने अवस्थाका छैनन् । वार्षिक रुपमा होस्टल बस्ने चाहाना राखेर तीन सय जना जत्तिले आवेदन दिन्छन् तर कोठाको अभावको कारण अहिले ७५ जना मात्रै लिने गरिएको होस्टल वार्डेन नारायण तिमिल्सिना बताउँछन् । उनी भन्छन्, ‘भएका पनि जीर्ण छन् । भत्किएका पनि पुनर्निर्माण हुन नसक्दा साँच्चिकै आवश्यकता भएका विद्यार्थीहरुलाई पनि व्यवस्थापन गर्न सकिएको छैन ।’ भत्किएको भवन भने निर्माणको प्रकृया अगाडि बढिरहेकाले थप विद्यार्थी व्यवस्थापन गर्न सकिने अपेक्षा व्यक्त गरे ।

त्रिविको होस्टलमा ४ हजार २२४ रुपैयाँ तिरेपछि विद्यार्थी एक वर्ष बस्न पाउँछन् । छात्रावासमा विद्यार्थी आफैंले मेस चलाउँछन् ।

# छात्रावास  #त्रिभुवन विश्वविद्यालय

Related

Tags: # शिक्षा
दैनिक संजाल

दैनिक संजाल

Related Posts

तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना

सरकारी विद्यालयमा चार शय्याको स्वास्थ्य कक्ष स्थापना

एसईई नतिजा प्रकिशित कसले कति जीपीए ल्याए?

एसईई नतिजा प्रकिशित कसले कति जीपीए ल्याए?

एसईईको रिजल्ट प्रकाशित भएपछी कसरी हेर्ने, यहाँ हेर्नुहोस् !

एसईईको रिजल्ट प्रकाशित भएपछी कसरी हेर्ने, यहाँ हेर्नुहोस् !

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

२४ सै घण्टा गुनासा र समस्या सुनी सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालयमा हटलाइन सेवाको व्यवस्था

२४ सै घण्टा गुनासा र समस्या सुनी सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालयमा हटलाइन सेवाको व्यवस्था

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,130
  • Total page views: 1,363

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.