• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

दासताका ती दिन, मुक्तिका यी दिन


दासताका ती दिन, मुक्तिका यी दिन
Share on FacebookShare on Twitter

१३ असार, दाङ । कुनै समय दाङकी विष्णु चौधरीको जीवन ठूलो परिबन्धमा थियो । बाल्यकालका उनका सुनौला दिनहरु कमलरी प्रथाको अन्धकारमुनि वित्यो । साहूका घरमा कमलरी बस्दा उनीमात्र ९ वर्षकी थिइन् ।

तर पढाइप्रतिको भोकले उनको जीवनको बाटो नै मोडियो । शिक्षाको बाटो पछ्याउँदै कालान्तरमा उनले यस्तो सफलताको उडान भरिन्, जहाँ उनी आफ्नो अधिकारबारे मात्र बोलिनन्, सिंगो कमलरी मुक्ति आन्दोलनको नेतृत्व गरिन् ।

विष्णुको परिवार बाजेकै पालादेखि जमिन्दारको घरमा कमैया थिए । उनी पनि कमलरी बनेर जमिनदारको घरेलु काम गर्न थालिन् उमेर भन्दा ठूलो थियो कामको भारी । तैपनि राम्रोसँग खान लाउन नपाउने । ‘त्यहाँ धेरै दुख भोगेँ, कैयौं रात भोकै निदाएँ’, उनी विगत सम्झन्छिन्, ‘जति काम गरे पनि मालिक्नी कहिल्यै खुशी नहुने । बोली–व्यवहार ज्यादै रुखो ।’

मालिकका छोराछोरी उनकै उमेरका थिए । उनीहरु स्कूल जान्थे । उनीहरु पढ्न गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो । ‘एक दिन आँट गरेर मलाई पनि स्कुल पठाउन भन्दा मालिक्नीले ‘तँलाई यहाँ काम गर्न ल्याएको, पढाउन होइन’ भन्दै गाली गरिन्’, विष्णु भन्छिन्, ‘त्यो दिन धेरै रोएँ म ।’

भनिन्छ– वादल जतिसुकै घनिभुत कालो भएपनि त्यसको छेउछेउमा चाँदीको घेरा हुन्छ । विष्णुको जीवनलाई पनि सम्भावनाका किरणहरुले छुन थाले ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले २०६० सालदेखि चलाएको कमलरी प्रथा बिरोधी अभियान ०६२ सालतिर पश्चिम तराइका गाउँ–गाउँमा पुगिसकेको थियो । ६२ सालको माघीमा तीनै संस्थाको पहिलमा बिष्णुको पनि उद्धार गरियो ।

सरकारले २ साउन २०५७ मा कमैया मुक्त घोषणा गरेकाले बिष्णुको बाआमा त्यसअघि नै स्वतन्त्र भइसकेका थिए ।

                                                                                                                  विष्णु चौधरी ।

कमलरीबाट मुक्त भएपछि पढ्न थालेकी उनी कक्षा १० सम्म प्रथम भइन् । पढाइसँगै कमलरी मुक्ति आन्दोलनमा पनि सकृय उनी आफ्नै हेडसरको घरबाट पनि एउटी बहिनीलाई छुटाएर निकालेको बताउँछिन् ।

‘कमलरी बसेका १२ हजारभन्दा बढी बालिकालाई त्यो अभियानले दासताबाट छुटाएपछि सरकारमाथि ठुलो दबाब पर्यो’, विष्णु भन्छिन्, ‘२०७० असार १३ गते नेपाललाई कमलरी मुक्त देश घोषणा गरिनु त्यसैको परिणाम थियो ।’

दाङमै प्लस टु गरेकी बिष्णु चौधरी काठमाडौंबाट कानुनमा स्नातक गरेर अधिवक्ता बनिन् । न्यायमा पहुँच नहुनेको तर्फबाट वकालत गरिरहेकी उनी बोल्न नसक्नेको पक्षमा काम गर्दा पैसाले दिन नसक्ने सन्तुष्टि मिल्ने गरेको बताउँछिन् ।

दाङको गढवा– ५ की मञ्जिता चौधरी पनि विष्णुजस्तै मुक्त कमलरी हुन् । एउटै उमेरमा कमलरी बनेका उनीहरु दुखको उस्तै पीडा भोगेर एकै समयमा मुक्त भएर पढ्दै कमलरी प्रथा बिरोधी आन्दोलनमा सकृय भए ।

कमलरी मुक्त अभियानको बेला ‘नेपाल युथ फाउण्डेसन’ र ‘सहायक नानीहरू’ नामक गैससमा जोडिएकी मञ्जिता ९ कक्षामा पुग्दा ‘लवाजुनी सहकारी’ र ११ कक्षामा पढ्दापढ्दै मुक्त कमलरी विकास मञ्चको संस्थापक अध्यक्ष बनिन् ।

                                                                                                         मञ्जिता चौधरी ।

‘मुक्त कमलरीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहकारी खोलिएको थियो’, उनी भन्छिन्, ‘मैले आफूलाई परिपक्व बनाउँदै, दिदीबहिनीहरूको अगुवाइ गर्दै गएँ ।’

मुक्त कमलरी र मुक्त कमैयाहरुलाई बिभिन्न इलमको सिपसँगै कर्जा दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससको सहयोगमा खुलेका सहकारीहरु आप्mनो उद्देश्यमा ज्यादै प्रभावकारी भएको मञ्जिता बताउँछिन् ।

उनका अनुसार अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ४२ वटा यस्ता सहकारी सञ्चालित छन्, जसका शेयर सदस्य १२ हजार ८६९ मुक्त कमलरी र उनीहरूको परिवार हुन् । मञ्जिता अहिले यी सबै सहकारीको समग्र व्यवस्थापन हेर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # विचार/ब्लग
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार

सवालको घेरामा: जेनजेड आन्दोलन र अन्तरिम सरकार

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

“ILO 169 र UNDRIP पछिको नेपाल: स्वदेशी अधिकार, पहिचान र आत्मनिर्णयको संघर्ष”

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

अशोक कुमार खड्का

लेन्डुपहरू जन्मिन खोज्दैछन् : राष्ट्रिय स्वाभिमानमा खतरा, होस् गरौँ — सामाजिक अभियन्ता अशोक कुमार खड्का

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

Discussion about this post


© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...