• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विपद् प्रतिकार्यका लागि पूर्वतयारी फितलो, स्रोत साधन जोहो भएन


विपद् प्रतिकार्यका लागि पूर्वतयारी फितलो, स्रोत साधन जोहो भएन
Share on FacebookShare on Twitter

१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सकि्रय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी फितलो छ । बाढी र डुबानका हिसाबले प्रदेशको राजधानी समेत रहेको कैलाली उच्च जोखिममा छ ।

स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्वतयारी भइरहेको बताए पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । जिल्लामा उद्दार, राहत लगायतमा आवश्यक पर्ने स्रोत साधनको पनि अभाव छ ।

तर कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइरहेको बताए । पालिकागत रुपमा जोखिमको अवस्था, विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्रीहरुको उपलब्धता लगायतका विषयमा अध्ययन भइरहेकाले सोहीअनुसार योजना बनाइने थापा बताउँछन् ।

मनसुन सकि्रय भइसकेको स्थितिमा समेत विपद् प्रतिकार्य योजना बनाउन नसकिएको विषयमा थापाले स्थानीय तहको चुनावका कारण समस्या भएको दाबी गरेका छन् । ‘स्थानीय तहको चुनाव भयो । नवनिर्वाचित जनप्रतिनिधिहरुले बजेटको तयारी भन्दै बैठक बस्ने पाइएन’ थापाले भने, ‘हाम्रा कर्मचारी साथीहरु पनि चुनावमा खटिनुभयो । पश्चिममा मनसुन ढिलो गरी आउँछ भन्ने भएका कारण पनि केही ढिलाइ भएको हो ।’

तर विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय जुनसुकै बेला अलर्टमा बस्ने गरेको उनको भनाइ छ । सुरक्षा समितिको बैठकमा सुरक्षाकर्मी र कार्यालय प्रमुखहरुलाई विपद् न्यूनीकरणका लागि अलर्ट रहन भनिएको उनले बताए । स्थानीय तहहरुलाई पनि तयारी अवस्थामा बस्न निर्देशन दिइएको उनले जानकारी दिए । ‘हामीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइरहेका छौं । कार्यालय प्रमुख र सुरक्षा समितिको बैठकहरुमा विपद् न्यूनीकरणका लागि हाई हलर्ट भएर बस्न निर्देशन भइसकेको छ’ प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘सकभर विपदमा कसैलाई पर्न नदिने प्रयास गर्ने भएको अवस्थामा उद्धार तथा राहतलाई विशेष प्राथमिकता दिने जिल्ला सुरक्षा समितिको बैठकले पनि निर्णय गरेको छ ।’

विपद्का बेला उद्दारको काममा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग आवश्यक पर्ने सामग्रीको अभाव भएका कारण थप समस्या हुने देखिन्छ । सुरक्षा निकायका अधिकृतहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग विपद् बेला प्रभावितहरुको उद्दार गर्न आवश्यक पर्ने स्रोत साधन माग गर्दासमेत प्राप्त हुन नसकेको गुनासो गर्छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले सामान्य बाहेक विपद्का बेला आवश्यक पर्ने स्रोत साधनको अभाव रहेको बताए । ‘हामीसँग सामान्य स्रोत साधन बाहेक आवश्यकताअनुसार छैन । स्थानीय स्तरमा रहेका बीओपीहरुमा समेत उद्दारका सामग्री उपलब्ध गराउन सकेमा धेरै हदसम्म सहज हुने थियो’ जोशीले अनलाइनखबरसँग, ‘स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका माथिल्ला निकायमा अनुरोध गरेका थियौँ । तर अहिलेसम्म कुनै ठाउँबाट समेत आवश्यक स्रोतसाधन प्राप्त भएको अवस्था छैन ।’

अहिलेसम्म जिल्लामा कैलारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने आधारभूत सामग्री दिएपनि अन्य कुनै पनि स्थानीय तहले उपलब्ध गराएका छैनन् ।
कैलालीमा बाढीले बर्सेनि तटीय क्षेत्रमा क्षति गर्दै आएको छ । खासगरी विपद् जोखिमका हिसाबले पूर्वी कैलालीका भूभागलाई बढी संवेदनशील मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

सुरक्षा बेवास्ताको आरोपमा हुलाकी राजमार्गमा युवाको आक्रोश

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

उत्पादन र मूल्य बढ्दा सिगानाको सुन्तला चम्कियो

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

सिरहामा अज्ञातले गोली हानी प्रेमनाथ यादवको हत्या, प्रहरीले अनुसन्धान जारी

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रविदास जयन्तीमा मधेस प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, चिसो अझै रहने

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In