• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सहसचिव शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै


सहसचिव शर्मा विरुद्धका ३ मुद्दाको एकसाथ सुनुवाइ हुँदै
Share on FacebookShare on Twitter

१९ असार, काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्य सचिव भई काम गरेका सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगसम्बन्धी तीन मुद्दाको सुनुवाइ आजदेखि गर्ने भएको छ ।

विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो । विशेष अदालतले शुक्रबार प्रकाशित गरेको साप्ताहिक पेशी सूचीमा यी तीन मुद्दा आइतबारका लागि तोकिएको उल्लेख छ ।

शर्मा विरुद्धको मुद्दामा विशेष अदालतले केही महिनायता प्राथमिकताका साथ पेशी तोकिरहेको छ । दुवै पक्षबाट बहस नोट मगाएको विशेष अदालतले गत महिना अदालतको सहयोगी (एमिकस क्यूरी) पठाउन आदेश दिएको थियो । विशेष अदालतले फरक विषयवस्तुका राजस्व चुहावट र गैरकानूनी सम्पत्तिआर्जनका मुद्दा समेत एकसाथ (लगाउमा) राख्नु भनी आदेश गरेको थियो ।

अख्तियारले १ साउन २०७४ मा कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनामाथि ३ अर्ब ३४ करोड रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना हुनुपर्ने माग छ । उनीहरुविरुद्ध विगो र जरिवाना माग दावी गरिएको रकम प्रतिव्यक्ति १० अर्ब २ करोड रुपैयाँ हुन्छ । एकजना प्रतिवादीमाथि माग दावी गरिएको यो हालसम्मकै ठूलो विगो हो ।

वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् । शर्माले प्रशासन संयन्त्रमा बढुवाको लागि प्रयास गरिरहेका बेला विशेष अदालतले पनि उनीविरुद्धका मुद्दालाई प्राथमिकतामा राखेको छ ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अवकाश लिएपछि आगामी साउनको अन्तिम साता सचिव बढुवाका लागि बढुवा समितिको बैठक बस्दैछ । वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् ।

आयोगबाट विभिन्न कामकारवाही हुँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको भन्दै कर संकलनमा प्रतिकूल असर पारी राज्यकोषमा हानी नोक्सानी हुने निर्णय गरेको आरोप लगाइएको थियो । ४३ वटा फाइलहरुमाथि मात्रै अनुसन्धान गरेको अख्तियारले पहिलो अभियोगपत्र पेश गरेको थियो ।

शर्मा सहित तीन आरोपित विरुद्धको दोस्रो मुद्दा समेत विशेष अदालतमा आइतबारका लागि सुनुवाइको पेशी तोकिएको हो । अख्तियारले ९ असार २०७८ मा कर फर्छ्योट आयोगमा भएको अनियमितताको दोस्रो मुद्दा दायर गरेको थियो । अख्तियारले दोस्रो मुद्दामा तीनजना पदाधिकारी विरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ विगो र त्यसको दोब्बर जरिवाना माग दावी गरेको हो ।

सहसचिव चुडामणी शर्मा विरुद्धको तेस्रो मुद्दा समेत विशेष अदालतले सुनुवाइका लागि तोकेको छ । अख्तियारले शर्मामाथि १५ माघ २०७४ मा ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो । अख्तियारले शर्मा र उनकी पत्नी कल्पना उप्रेती विरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी त्यसकै आधारमा थप सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । यो मुद्दामा कर फर्छ्यौट आयोग र आयोगबाट भएका निर्णयको सम्बन्ध भने छैन ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अवकाश पाएपछि आगामी साउनको अन्तिम साता सचिव बढुवाका लागि बढुवा समितिको बैठक बस्दैछ । वरिष्ठताक्रमको १ नम्बरमा रहेका निलम्बित सहसचिव शर्मा त्यसअघि नै अदालतबाट सफाइ पाएर बढुवाका लागि आफ्नो नाम सिफारिस गराउने प्रयासमा छन् ।

त्यसका लागि बढुवा समितिको बैठक बस्नुअघि नै शर्माले तीनवटा मुद्दामा एकसाथ सफाइ पाउनुपर्छ । साउनमा नाम सिफारिस नभए उनले बढुवाका लागि करिव एक वर्ष थप कुर्नुपर्छ । शर्माले प्रशासन संयन्त्रमा यस्तै प्रयास गरेका बेला विशेष अदालतले समेत उनको मुद्दा प्राथमिकतामा राखेर एकसाथ हेर्ने गरी पेशी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

सुरेन्द्र यादवको आरोप: “मधेशका मुख्यमन्त्री लीलानाथको झोले नबनून्, एमाले देशबाटै समाप्त हुनेछ

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In