काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्धन खर्च बढाएको छ ।
काठमाडौं महानगरको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पारित गरेको हो । महानगरपालिकाको पाँचौ कार्यपालिकाको बैठकमा इन्धन खर्च बढाउने प्रस्ताव लगिएको थियो ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । सो बजेट अपुगे भएपछि इन्धन खर्च बढाउने प्रस्ताव कार्यपालिकामा लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post