• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर,न्यायाधीश डा. राजेन्द्रकुमार


जग्गाधनीलाई थाहै नदिई जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर,न्यायाधीश डा. राजेन्द्रकुमार
Share on FacebookShare on Twitter

२३ असार, कर्णाली । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद-बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो ।

वीरेन्द्रनगर नगरपालिका-६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनिता रानालाई कीर्ते कसुरमा दोषी ठहर गरेको छ ।

त्यस्तै वीरेन्द्रनगर–१ का सहवीर कार्की, वीरेन्द्रनगर–६ का अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ का सन्तोष ठाकुर, वीरेन्द्रनगर–५ का निर्मल पुरी, वीरेन्द्रनगर–२ का गणेश बुढालाई ठगी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले कीर्ते र ठगी कसुर भएकाको हकमा सजाय निर्धारणका लागि ३० दिनभित्र अर्को सुनुवाइ हुने जानकारी दिए ।

‘सम्भवतः यही महिनाभित्र सजाय निर्धारणसम्बन्धी फैसला हुनसक्छ,’ उनले भने । श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जग्गाधनी रावतको सहिछाप नमिल्ने प्रमाणित विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, जग्गा खरिदबिक्रीको क्रममा कुनै रकम नदिएको र तत्काल परिवारमा भागबण्डा गरी बिक्रीसमेत गरेको तथ्यमा प्रतिवादी सावित नै रहेको उल्लेख गरेको छ ।

जग्गा व्यवसायी ठाकुरसहितले कार्कीका नाममा राजीनामा लिखत पारित गराएपछि मालपोतका कर्मचारीसहित १९ जनाविरुद्ध रावतले अदालतमा मुद्दा दायर गरेका थिए ।  जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच हुँदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति) बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा मात्र मालपोत कार्यालयले नामसारी गराउनसक्छ । तर जग्गाधनीलाई कुनै जानकारीबिनै किनबेच भएको खुलेपछि रावतले ठगी तथा कीर्ते कसुर अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्रीसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

अदालतले मालपोतका तत्कालीन कार्यालय प्रमुख खत्रीसहित ६ जनालाई सफाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली गोलीबारी, राहत केन्द्र नजिकै ४५ प्यालेस्टिनीको मृत्यु

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

इरान र इजरायल बीच युद्धविराम भन्दा अझै राम्रो विकल्प खोज्दैछौं : ट्रम्प

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In