काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ (पहिलो संशोधन) विधेयक २०७९ बारे छलफल गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता’ (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ। बुधबारको संसद बैठकमा गृहमन्त्री खाणले उक्त विधेयक पेस गरेका थिए।