• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विद्युत् महसुल बक्यौता १७ अर्ब १५ करोड नाघ्यो


विद्युत् महसुल बक्यौता १७ अर्ब १५ करोड नाघ्यो
Share on FacebookShare on Twitter

चालु बिलबाट रकम कट्टी गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता १७ अर्ब १५ करोड पुगेको छ। महालेखाको ५९औं प्रतिवेदनले आर्थिक वर्ष २०७६/०७७ मा करिब १५ अर्ब ५३ करोड रुपैयाँ रहेको बक्यौता १ वर्षमा नै २ अर्बभन्दा बढीले थपिएको देखाएको छ।

उक्त रकम नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले किस्ताबन्दीमा उठाउने निर्णय गरेको र सार्वजनिक लेखा समितिले जरिवानासहित असुल गर्न निर्देशन पनि दिएको छ। प्राधिकरणको कुल महसुल बक्यौतामा ट्रंक तथा डेडिकेटेड लाइनको हिस्सा ४७.०८ प्रतिशत देखिन्छ। प्राधिकरणको कुल महसुल बक्यौता समीक्षा वर्षमा ३६ अर्ब ४३ करोड पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। गत वर्षको तुलनामा यो १३.१७ प्रतिशको वृद्धि हो।

कुल बक्यौतामा सडक बत्तीको ४ अर्ब ३२ करोड उठाउन बाँकी छ भने कोभिड–१९ को छुट सोधभर्ना ४ अर्ब ६७ करोड पनि सरकारले दिएको छैन। २०७२ सालबाट नै विवादित ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको समस्या अझै ज्युँका त्युँ छ। सम्बन्धित ५७ व्यवसायहरू नतिर्ने अडानमा नै रहेका छन् भने प्राधिकरणले कानुनी प्रक्रिया बढाएर तिराउन पनि सकेको छैन। प्राधिकरणले राजस्व पनि उठाएको छैन भने ती ग्राहकहरूलाई कारबाही पनि गर्न सकेको छैन।

पछिल्लो समयमा भने प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनका बक्यौता छड्के तरिकाले असुल्न थालेको प्राधिकरण स्रोत बताउँछ। रेगुलर बिल तिर्न आउँदा पुरानो बक्यौता छ भने सोहीबाट नै कट्टि हुने प्राधिकरणको मान्यता छ। यी बक्यौता भएका ग्राहकहरूले तत्कालीन बिल तिर्न आउँदा बक्यौताबाट कट्टि गर्ने गरेको बताइएको छ। यसको मतबल यदि कुनै व्यापारीको डेडिकेटेडको बक्यौता १ लाख छ र उसले तत्कालको विद्युतीय बिलबापत मानौं १ हजार तिर्न आउँदा तत्कालीन बिलबापतको रकम बक्यौताको साँवा र जरिवानाबापत कट्टि गर्न थालिएको छ। प्राधिकरणले जरिवानासहित साँवा कट्टि गर्न थालेको हो।

तर, यसले पुरानौ बक्यौतासँग ती सम्बन्धित ग्राहकका नयाँ बिलको बक्यौता थपिँदै जाने हुन्छ। ६० दिनसम्म बिल भुक्तानी नभए २५ प्रतिशत जरिवाना पनि थपिँदै जाने हुन्छ। तर, प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको उचित व्यवस्थापनभन्दा फेरि नयाँ बक्यौता थप्ने काम मात्र गरेको ती स्रोतको भनाइ छ। ‘यसले डेडिकेटेडको जरिवाना बढ्दै जाने हुन्छ भने सम्बन्धित ग्राहकहरूको चालू विद्युतीय बिलको बक्यौता थपिदै जाने हुन्छ,’ स्रोत बताउँछ।

एकातिर सम्बन्धित विवादित बिलका ग्राहकहरूको चालू विल बक्यौतामा गइरहेको छ भने प्राधिकरणले उक्त रकमको कर्पोरेट कर बापतको २५ प्रतिशत रकम सरकारलाई बुझाउँदै आएको छ। प्राधिकरणले फेक ट्याक्स तिर्दै आएको स्रोत बताउँछ। गत आर्थिक वर्षमा प्राधिकरणको वित्तीय व्यवस्थापन पक्षमा सुधार हुनुपर्ने महालेखाको प्रतिवेदनले पनि सुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अर्थतंत्र
दैनिक संजाल

दैनिक संजाल

Related Posts

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

भारतबाट प्रतिबन्धित दुग्ध पदार्थको अवैध आयात, नेपाली उत्पादन बिक्री नभएर गोदाममै

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In