काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार बस्ने भएको छ। सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्न लागेको हो।
एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको थियो। एन्फाले आज एक सुचना जारी गर्दै बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने जनाएको छ।