• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

जोरपाटीमा बोरिङ खन्दा मिथेन ग्याससहित निस्किएको पानी र बालुवाको फोहोरा बन्द


जोरपाटीमा बोरिङ खन्दा मिथेन ग्याससहित निस्किएको पानी र बालुवाको फोहोरा बन्द
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौंको जोरपाटी लोसेटारमा मिथेन ग्याससहित निस्किएको पानी र बालुवाको फोहोरा बन्द भएको छ।  मंगलबार बिहान १० बजे स्थानीय सन्तवीर लामाको घरमा पानीको बोरिङ खन्ने क्रममा एक्कासि माटो, पानी र बालुवासहितको लेदोको फोहोरा निस्किएको थियो। सो फोहोरा गए राती ३:३० मा बन्द भएको बौद्ध प्रहरीले जानकारी दिएको छ।   फोहोराले ठूलो क्षति नगरे पनि माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका १२/१५ घरहरूमा हिलो र लेदो भरिएको प्रहरीले जनाएको छ।

खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार पानीसहितको लेदोमा १५ देखि २० प्रतिशतसम्म मिथेन ग्यास  निस्किएको थियो।

जोरपाटी चोकदेखि सुन्दरीजल जाने बाटोमा लोसेटारमा स्थानीय सन्तकुमार लामाको साढे ३ तले घर छ । घरमा पानी पुर्‍याउन लामाले बोरिङ खन्दै थिए । खन्ने क्रममा पानी नभेटिएर उनले २ दिनसम्म ड्रिल गरेका थिए । ३२० फिटमुनि पानी भेटिएको थियो । मंगलबार बिहान पाइप जोड्ने काम भइरहेको थियो । ड्रिल गरेको ठाउँमा पाइप हाल्ने क्रममा ग्याससहितको लेदो पानी निस्किएको थियो । सुरुमा सामान्य लेदो देखिएको थियो । विस्तारै ठूलो फोहोरा छाड्दै घरमाथि पुग्यो । वरिपरि पनि बालुवाको स–सानो कणसहितको पानी छरिएको थियो । घरवरपरका भित्ता, सुकाएका लुगा, पार्किङ गरेका सवारीसाधन सबैतिर लेदो फैलियो ।

सूचना अधिकारी बाँस्कोटाका अनुसार काठमाडौं उपत्यकामा पहिले पानीको तलाउ भएकाले यहाँका विभिन्न ठाउँहरूमा ग्यास संकलन भएर बसेको छ । ग्याससहितको लेदो निस्किएको यो पहिलो घटना भने होइन । बेलाबेला यस्तो घटना भइरहने  र केही दिनपछि आफैं बन्द हुने बताए ।

विभागबाट वरिष्ठ भू–गर्भविद् पृथ्वीलाल श्रेष्ठको टोलीले उक्त स्थलको अध्ययन गरेको थियो । टोलीले धेरै ग्यास साँघुरो ठाउँबाट निस्किँदाको परिणाम भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बाहिर निस्किएको ग्यास मिथेन रहेको र धेरै आत्तिइहाल्नु पर्ने अवस्था नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

जनकपुर–ढल्केबर खण्डमा ट्राफिक सहजताका लागि तीन आकासे पुल

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In