काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक मनाउने घोषणा गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुन:उत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो। मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल भ्रमण देशकको घोषणा गरिसक्ने जनाएको छ।
यस्तै,मन्त्रालयले प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक रुपमा प्रयोगमा ल्याउने जनाएको छ। मन्त्रालयले गैरआवासीयी नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान समेत संचालन गर्ने भएको छ।
काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न अवधारणाहरु काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा अभियान संचालन गर्ने मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयले पर्यटकको नेपाल बसाइलाई थप सुरक्षित मनाउन ‘क्राइसिस म्यानेजमेन्ट युनिट’ स्थापना गर्ने भएको छ।
Discussion about this post