• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मानब बेचबिखन प्रकरणमा रहेका फरार पर्तिबादी फेरी प्रहरीको फन्दामा


मानब बेचबिखन प्रकरणमा रहेका फरार पर्तिबादी फेरी प्रहरीको फन्दामा
Share on FacebookShare on Twitter

विगतको तुलनामा आव २०७८/७९ मा प्रहरीले दोब्बरभन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

विराटनगर । सुनसरीको धरान उपमहानगर–१६ की ४६ वर्षीया सरीता भनिने कृष्णकुमारी लिम्बू मानव बेचविखन मुद्दामा दोषी ठहर भइन्। जिल्ला अदालत सुनसरीले २०७८ असार २२ गते उनलाई १० वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला सुनायो। तर, फरार रहेकी उनी पक्राउ भने परेकी थिइनन्। दोषी ठहर भएको एक वर्षपछि पात्र उनी गत असार २१ गते पक्राउ परिन्।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह (रिट)ले उनलाई गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले लिम्बूलाई कारागार चलान गर्‍यो। अहिले उनी झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेकी छन्। भोजपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको धरानको विष्णुपादुका स्मृति पार्कमा २०७१ साल मंसिर १ गते हत्या भयो। पिकनिक खानलाई सँगै गएका साथीहरू उदयपुरका गम्भीरबहादुर दनुवार र संखुवासभाका विक्रम राईले कुटेर उनको हत्या गरेका थिए। राई २ सातापछि मंसिर १४ गते भोजपुरको दिंलाबाट पक्राउ परे। तर, दनुवार फरार थिए।

दुवै जनालाई जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। घटनाको ८ वर्ष पुग्नै लाग्दा असार १० गते दनुवार पनि पक्राउ परे। सुनसरी प्रहरीले काठमाडौंको बानियाँटारबाट पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्‍यो।

सुनसरीको साविकको झोक्राहा गाविस–६ का ४५ वर्षीय बसन्त खत्वे २०६६ सालमा नातिनीको हत्या गरी फरार भए। घाँटी बटारेर नातिनीलाई मारेपछि भागेका उनलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजायको फैसला सुनायो। घटनाको १२ वर्षपछि अर्थात् २०७८ साउन १७ गते पक्राउ परे। प्रहरीले पेस गरेपछि अदालतले कारागार चलान गर्‍यो। खत्वे अहिले झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्।

अपराध गरेको ठहरसहित अदालतले दोषी करार गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन लिम्बू, दनुवार र खत्वेजस्ता धेरै प्रतिवादी लामो समयदेखि भागिरहेका छन्। उनीहरूजस्ता फरारीलाई पक्राउ गर्न प्रदेश १ मा प्रहरीले विशेष अभियान चलायो। आर्थिक वर्ष २०७८/७९ मा उल्लेख्य सफलता पनि प्राप्त गरेको छ। अपराधी पक्राउमा प्रहरीले ऐतिहासिक रेकर्ड राखेको हो।

प्रदेश १ बाट एक वर्षको अवधिमा १ हजार ७३८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी नवीनराज राईले बताए। उनका अनुसार पक्राउ पर्नेमा १ हजार जना फौजदारी र ७३८ जना देवानी मुद्दाका छन्। ‘ठूलो संख्याका फरारी प्रहरीको फन्दामा पर्दा ९६६ वर्ष चार महिना १५४ दिन कैद असुल भएको छ,’ राईले भने।

आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले प्रदेशबाट ९७० जना फरारलाई पक्राउ गरेको थियो। ३९३ वर्ष कैद र २ करोड ५३ लाख २ हजार ३५० रूपैयाँ जरिवाना असुल गर्‍यो। आर्थिक वर्ष २०७७/७८ मा ७४३ जना फरार अपराधी पक्राउ परेका थिए। ७३५ वर्ष कैद र ४ करोड ४३ लाख ५८ हजार ९२७ रूपैयाँ जरिवाना असुल भयो।

विगतको तुलनामा आव २०७८/७९ मा प्रहरीले दोब्बरभन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै सुनसरीबाट पक्राउ परेका छन्। प्रदेशभरिका १ हजार ७३८ जनामध्ये लगभग आधा सुनसरीबाट पक्राउ परेका हुन्। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार एक वर्षमा ८५६ जनालाई पक्राउ गरिएको छ। लामो समयदेखि भागिरहेका अपराधीलाई पक्राउ गरेर १९५ वर्ष आठ महिना पाँच दिन कैद र एक करोड २६ लाख ४९ हजार पाँच सय ४० रूपैयाँ जरिवाना असुल गरिएको उनले बताए। एसपी थापाले कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाँकाजस्ता जघन्य अपराधका फरारलाई पक्राउ गरिएको बताए।

फरार पक्राउमा उत्कृष्ट सुनसरी प्रहरी अदालतबाट सम्मानितसमेत भइसकेको छ। सुनसरी अदालतले २०७८ चैत ७ गते सम्मान गरेको थियो। विशेष कार्यक्रममार्फत न्यायाधीश कैलाशप्रसाद सुवेदीले एसपी थापालाई सम्मान पत्र प्रदान गरेका हुन्। प्रदेश १ मा सुनसरीपछि धेरै प्रतिवादी मोरङबाट पक्राउ परेका छन्।

एक वर्षको अवधिमा २८९ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार फरारलाई पक्राउ गरेर २४१ वर्ष एक महिना २७ दिन कैद र एक करोड ३३ लाख १२ हजार छ सय ६१ रूपैयाँ जरिवाना असुल गरिएको छ। अपराधमा संलग्न भएर वर्षौंदेखि भागिरहेकालाई पक्राउ गर्न विशेष टोली खटाइएको एसपी कोइरालाको भनाइ छ।

झापाबाट २२४ जना प्रतिवादी पक्राउ परेका छन्। १६८ वर्ष पाँच महिना ११ दिन कैद र २ करोड ५३ लाख ८० हजार ५४० हजार रूपैयाँ जरिवाना असुल भएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए। प्रदेश प्रहरीको रिटले ७४ जनालाई पक्राउ गर्दा १४८ वर्ष पाँच महिना २० दिन कैद र एक करोड ६९ लाख ८२ हजार ५८९ रूपैयाँ जरिवाना असुल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

मापसे गरी अभद्र व्यवहार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

धनुषाका शिवशंकर महतो हत्या प्रकरणः श्रीमती सिर्जना पक्राउ

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

लहान आँखा अस्पताल प्रबन्धकको अपरिपक्कताले डा.विजय चौधरी द्वारा महिला कर्मचारीलाई लामो समय सम्म दुर्व्यवहार तथा हिंसा

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

प्रहरी जवान जबरजस्ती करणी अभियोगमा पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

Discussion about this post


© Dainik Sanjal

भर्खरै

‘कमला नदीमा पुल निर्माण चाँडै’

‘कमला नदीमा पुल निर्माण चाँडै’

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

उपनिर्वाचन जितेर सांसद बन्नेबित्तिकै पार्टीका सबै पदबाट राजीनामा

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

लेबनानमा इजरायली हवाई आक्रमण, दुई जनाको मृत्यु

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

इरानका सर्वोच्च नेता खामेनी सम्पर्कविहीन

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

बेलायती सेनाको लडाकु विमान २ हप्तादेखि भारतमा किन फसिरहेको छ ?

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In