• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल


डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल
Share on FacebookShare on Twitter

बेंसीसहर । डुम्रे-बेसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका-१, उदिपुरमा पहिरोले सडक भासिएको र पहिरो जाने क्रम नरोकिएपछि वैकल्पिक सडक व्यवस्थापन गर्न पहल थालिएको छ।

दीर्घकालीन सडक व्यवस्थापनका लागि जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल अघि बढाएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर-रिठ्ठेवगर, मध्यमर्स्याङ्दी बाँध हुँदै बेसीसहर आउने सडकलाई प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ।

सो सडक प्रयोग गर्दा मध्यमर्स्याङ्दी जलाशयको बाँध प्रयोगमा ल्याउनु पर्नेहुन्छ। बाँध क्षेत्र हुँदै यातायात सुरु गर्नका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने प्रजिअ वैद्यले बताए। बाँधमा यातायात सञ्चालनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, सडक विभागलगायतका निकायसँग अनुमति माग्ने निर्णय भएको प्रजिअ वैद्यले जानकारी दिए।

पानी पर्नासाथ पहिरो चल्ने, हिलो जम्ने हुँदा यातायात अवरुद्ध हुने गरेको भन्दै सर्वसाधारणहरूले प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए। सम्बन्धित निकायबाट अनुमति प्राप्त भएमा सो सडक खण्डको बाँकी भाग मर्मत तथा स्तरोन्नति गरी केही वर्षका लागि यातायात सुरु गर्न सकिने प्रशासनले जनाएको छ।

उदिपुरदेखि चितीतर्फ जाने सडकखण्डमा रहेको रिठ्ठेबगर मर्स्याङ्दी नदी मोटरेबल पुलबाट व्यारेक पारि हुँदै मध्यमर्स्याङ्दीको बाँधबाट पुनः मुल सडकमा जोडिने गरी वैकल्पिक सडक व्यवस्थापन गर्न पनि प्रशासनले सम्बन्धित निकायमा पहल गरेको छ। पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ।

उदिपुरमा गत वर्ष नै पहिरोले सडक बगाएको हो। सडक भत्किएको वर्षदिन बित्दा पनि मर्मतको पहलसम्म नभएको भन्दै नागरिकहरू आक्रोशित भएका छन्। सडकको दीर्घकालीन टिकाउ हुनेगरी समयमै मर्मत तथा स्तरोन्नति गरेको भए अहिले समस्या नहुने सर्वसाधारणको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: @ यातायात# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

विमान दुर्घटना अपडेट, ४० जनाको शव फेला

विमान दुर्घटना अपडेट, ४० जनाको शव फेला

देवीदहमा बोटिङ्ग स्ट्रीमर मेसिन संचालन स्थानीयमा खुशयाली

देवीदहमा बोटिङ्ग स्ट्रीमर मेसिन संचालन स्थानीयमा खुशयाली

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै

ऋणको तनावले चिनियाँ विमान भाडामा लिन नचाहेपछि बिक्री गरिँदै

गाउँपालिकाले बन्द गर्‍यो सडक

गाउँपालिकाले बन्द गर्‍यो सडक

दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर सडक खुल्यो

दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर सडक खुल्यो

Discussion about this post


© Dainik Sanjal

लोकप्रिय

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

लहानमा ५९ औं राष्ट्रिय बाल दिवस मनायो

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

पटकपटक बदनाम हुँदै लहानका प्रादेशिक अस्पताल

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

यादवमाथि खुकुरी प्रहारको विरोधमा ढल्केवरमा मसाल जुलुस प्रदर्शन

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुन सक्छ : झलनाथ

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १५ जना घाइते

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanja9@gmail.com

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
dainiksanjal9@gmail.com
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In