सप्तरी । नेपाली कांग्रेसको सप्तरी जिल्ला अधिवेशन विवादको कारण स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा शनिबार भएको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको हो ।
करिब ६ सय मत खसेपछि विवाद विवाद सृजना भएको थियो । त्यसै क्रममा हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित भएको हो ।
संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको थियो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताए । उनले जसले खसाले पनि भयो, जति खसाले पनि भयो भन्ने स्थिति देखिएको उनले बताए ।
खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको
केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले बताए । उनले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको दावी गरे ।
सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् । स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।
Discussion about this post