• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता

मधेस प्रदेश, ‘भरत ताल’मा ३० करोड रुपैयाँको अनियमितता
Share on FacebookShare on Twitter

सर्लाहीको बागमती नगरपालिकामा मानव निर्मित तालको विकासका लागि मधेस प्रदेश सरकारले दिएको ३० करोड रुपैयाँमा अनियमितता भएको पाइएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिको टोलीले स्थलगत अनुगमनपछि यस्तो तथ्य प्रकाशमा ल्याएको हो ।

सार्वजनिक लेखा समितिको टोलीले आइतबार भरत तालको स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान गरेको थियो । प्रदेश सरकारले काम नहुँदै भुक्तानी दिएको पाइएको लेखा समितिका एक सदस्यले बताए ।

गत चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात असार ६ गते भरत तालमा विभिन्न कामका लागि मधेस प्रदेश सरकारले ३० करोड रुपैयाँ निकासा गरेको थियो । लेखा समितिका सभापति नरेश कुमार यादवले काम नहुँदै भुक्तानी भएको, अरुको काम पनि मधेस प्रदेश सरकारकै बजेटमा देखाइएको र टेण्डर भएपछि प्रदेश सरकारले बजेट दिएकोलगायतका कमजोरी फेला परेको बताए ।

उनले गत आर्थिक वर्षको अन्तिम महिनामा तालको विकास निर्माण कामका लागि रकम छुट्याई काम पूरा नहुँदै रकम भुक्तानी भएकाले अनियमितता भएको देखिएको बताए । यद्यपि उपभोक्ता समितिका फाइलहरु अध्ययन गरेपछि मात्रै स्पष्ट रुपमा यसबारे केही भन्न मिल्ने उनले बताए ।

लेखा समितिले मधेस सरकारको अर्थ मन्त्रालयबाट फाइल माग गरेको छ । लेखा समितिले उपभोक्ता र टेण्डरबाट भएको विकास निर्माण कामको फाइल दुई दिनभित्र उपलब्ध गराउन माग गरेको छ । सभापति यादवले टेण्डर प्रक्रियामै शंका व्यक्त गरे । उनले भने, ‘प्रदेश सरकारले बजेट निकासा पनि गरेको छ, फेरि भुक्तानी पनि सबै भइसकेको छ । तर, काम भने अझै पनि भइरहेको छ ।’

भरत तालमा सौन्दर्यीकरण, रिफ्रेस सेन्टर, प्रतिक्षालय, पार्क निर्माण र १२ हजार थान आँपको वृक्षारोपण गर्नेलगायत कामका लागि बजेट दिइएको थियो । भरत ताल वरिपरि १९ दिनमै काम सम्पन्न भएको भन्दै प्रदेश सरकारले भुक्तानी दिएको छ ।

प्रदेशसभा बैठकमा भरत तालको विकास निर्माणका नाममा अनियमितता भएको आवाज उठेपछि सभामुख सरोजकुमार यादवले सार्वजनिक लेखा समितिलाई छानबिन गर्न निर्देशन दिएका थिए । बागमती नगरपालिकाका नगरप्रमुख भरत थापाले आफ्नै नाममा ताल नामकरण गरेको भन्दै आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# राजनीति# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

Discussion about this post

© Dainik Sanjal

भर्खरै

Balanced approach of no kyc casino network

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

निर्वाचनकै बीच बारा–४ मा उम्मेदवारमाथि हमला प्रयास (भिडियो सहित)

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

घरदैलो अभियानमा व्यस्त अधिवक्ता चौधरी, न्याय र अधिकारको मुद्दा अगाडि

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In