निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहीबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् । यस्तै आउँदो हप्ता देखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।
उनले भने– ‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदवारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यविधि, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संशोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’ उनले मिडियालाई आयोगको तर्फबाट सूचना प्राप्तिका लागि सहयोग गर्ने उल्लेख गरे ।
Discussion about this post