• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण, एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा गस्तीमा रहेका वनरक्षकमाथि बुधबार साँझ आक्रमण भएको छ। सव डिभिजन वन कार्यालय लाटीझोडाका वनरक्षक सञ्जिवकुमार झा र कवीर राईमाथि ६ जनाको समूहमा रहेका युवाहरूले आक्रमण गरेका हुन्।

कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत अमृत पन्तका अनुसार सुनसरी र मोरङको सिमाना भएर बग्ने बूढी खोलाको साझेदारी वन क्षेत्रमा वर्रोको रुख ढलेको सूचना आएको थियो। ढलेको रुख हेर्न र गस्ती गर्न दुईवटा मोटरसाइकलमा वनरक्षकसहित चार जना कर्मचारी गएका थिए। पन्त आफैं गस्तीमा गएका हुन्।

गस्ती गरेर फर्कने क्रममा बीचबाटोमा भेट भएका युवाहरूले एक्कासि निहुँ खोजेर आक्रमण गरेको उनले बताए। ‘मदिराको नशामा लट्ठ रहेका युवाहरूले सुरुमा कहाँ पुगेर आएको भनेर सोधे। हामीले वनमा गस्ती गरेर आएका हौँ भन्यौं,’ पन्तले भने, ‘त्यसपछि दोहोरो सवालजवाफ हुनै पाएन। बिना कारण वनरक्षकको अनुहारमा मुक्का प्रहार गर्न थाले।’

आक्रमणमा संलग्नहरू घटनास्थलबाट तत्कालै फरार बनेको उनले बताए। उनका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका-३ खोर्साने खाप घर भएका हिमाल राई र प्रकाश राईले सुरुमा आक्रमण गरेका हुन्। आक्रमणमा हिमाल र प्रकाशलाई उनीहरूसँगै रहेका अन्य युवाहरू इटहरी-३ का भेगे मगर, प्रताप राई तथा सुन्दरहरैँचा-५ फोकल्याण्ड टापुका रविन मगर र रविन धिमालले सहयोग गरेको पन्तले बताए।

घटनामा संलग्नमध्ये ३७ वर्षीय रविन धिमाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। अन्य युवा फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नविरुद्ध वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीमा बिहीबार किटानी जाहेरी दिएको छ।

‘गस्ती गरेर फर्कदै गर्दा वनरक्षक र कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिएका छौँ,’ पन्तले भने, ‘ड्युटीमा हुँदा आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।’ स्थानीयले पनि वनका रक्षक र कर्मचारीमाथि आक्रमण भएको स्थान लागुऔषध दुव्र्यसनीको अखडा बनेको गुनासो गरेका छन्।

‘दैनिकजसो दर्जनौं युवाहरू आएर लागुऔषध र मदिरा सेवन गर्दै होहल्ला गर्छन्। घरवरपर दुव्र्यसनीको अखडा बनेको छ,’ एक स्थानीयले भने, ‘दुव्र्यसनीका कारण हामी असुरक्षित भइरहेका छौँ। सम्झाईबुझाई गर्दा हामीमाथि नै आक्रमण गर्लान् भन्ने डर हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # अपराध# मुख्य समाचार# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

कोशी सरकारद्वारा खेलकुद बोर्ड सदस्य सचिव तोक्ने निर्णय

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

सिन्धुली बैंक लुटमा दुई करोड ६८ लाखभन्दा बढी रकम बरामद

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिक मान्यता

Discussion about this post

© Dainik Sanjal

भर्खरै

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बिजुली, फोन र सडकबिनै पहाडमा जीवन बिताउँदै दम्पती र छोरा

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

बालेन शाह राजीनामापछि रास्वपा नेतृत्वसहित जनकपुरधाम पुगे

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

माघ ३ को स्मरणमा मधेश प्रदेश सभाद्वारा वृक्षारोपण

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

फागुन २१ को निर्वाचनका लागि नेकपाको उम्मेदवार सूची लगभग तय

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

आन्तरिक विवाद समाधानबारे कांग्रेस शीर्ष नेताबीच छलफल

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

जानकी मन्दिर फोहोर व्यवस्थापन र ट्राफिक सुधारमा कडाइ

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In