• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?


बाबुराम किन अटाएनन् पाँच दलीय गठबन्धनमा ?
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर नेपाल समाजवादी पार्टी नेपाल गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा सहभागी हुन असफल भएका छन् । यद्यपि उनले गठबन्धनको प्रयासलाई भने छाडेका छैनन् ।

जारी नेपाल समाजवादी पार्टी नेपालको बैठकमा समेत उनले अगामी चुनावका लागि चुनावी गठबन्धनका लागि काँग्रेस, माओवादी केन्द्रलगायतका दलसँग कुराकानी भइरहेको बताएका छन् । काँग्रेस, माओवादी केन्द्रलगायतका दल सहभागी भएको गठबन्धनसँग सहमति नभए एमालेलगायत अन्य दलहरूसँग गठबन्धन गर्ने उनले योजना बनाएका छन् । चुनावी गठबन्धन बनाएर नै जाने नेता भट्टराईको जोड थियो । यद्यपि चुनावमा गठबन्धन बनाएर जाने कि एक्लै चुनाव लड्ने विषयमा पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । जारी बैठकले त्यसको बारेमा निर्णय गर्ने बताइएको छ ।

यसअघि जसपाबाट अलग भएको कारण आफू पनि पाँच दलीय गठबन्धनको हिस्सा भएको भन्दै नेता भट्टराई सोही गठबन्धनमा रहने इच्छा देखाएका थिए । तर गठबन्धनमा सहमति नभएको कारण बाबुराम भट्टराई अहिले बाहिर बस्न बाध्य छन् । स्रोतका अनुसार नेता भट्टराईप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सकारात्मक भए पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सकारात्मक नबनेपछि काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसबारे चासो नलिएका हुन् ।

बाबुराम भट्टराईसँग सुरुमा कुनै पार्टी नरहेको कारणले पनि गठबन्धनमा ल्याउन नेताहरूले रुचि नदेखाएको जसपाका एक कार्यकारिणी सदस्यले दाबी गरे । भट्टराईले समाजवादी केन्द्रमार्फत सत्ता गठबन्धनसँग नजिकिन खोजेका थिए तर प्रचण्डले समाजवादी केन्द्र बनाउनमा चासो लिएका छैनन् ।  प्रचण्ड वाम गठबन्धन बनाउनुपर्ने पक्षमा रहेका छन् भने नेता भट्टराई वाम गठबन्धन बनाउने पक्षमा देखाएका छैनन् । नेपाल समाजवादी पार्टीका एक शीर्ष नेताले भने, ‘पहिलो प्राथमिकता सत्ता गठबन्धन र समाजवादी केन्द्र नै रहेको छ, त्यसपछि मात्र एमाले तथा अन्य दल रहनेछन् ।’

नेता भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनलगायतका विषयमा पटक पटक छलफल गरिसकेका छन् । अन्तिममा नभए एमालेसँग गठबन्धन गरेर जाने सोचाई अध्यक्ष भट्टराईको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # राजनीति# समाज
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

जेन-जी आन्दोलनपछि भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी प्रधानमन्त्रीको निर्देशन

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

“नेपालीले सत्ता परिवर्तन त धेरै देख्यो, तर दुरदर्शिता सोचमा परिवर्तन हुन सकेन,” — अशोक कुमार खड्का

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

Discussion about this post


© Dainik Sanjal

भर्खरै

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

मुख्यमन्त्री नियुक्तिबिरुद्ध सर्वोच्चमा जाने सात दलको निर्णय

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

अमेरिकी शटडाउन अन्त्य हुने बाटो स्पष्ट

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

मधेशको सत्ता संक्रमण : सोनलको राजीनामा र संघीय राजनीतिमा नयाँ सन्देश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

अर्नामा–३ हरकटामा पानी निकास विवाद : कांग्रेस नेता जागेश्वर यादवको राजनीतिक छवि बिगार्ने प्रयास

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

केन्द्र र जिल्ला विचको विवाद– सर्वोच्च पुग्ने निश्चित्

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In