• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति

बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै कांग्रेसको आपत्ति
Share on FacebookShare on Twitter

झापा : बिर्तामोड नगरपालिकाले अप्रत्याशित रूपमा कर बढाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर-२ प्रदेश (क) र बिर्तामोड नगर समितिले सर्वसाधारण जनतालाई राहत पुग्ने गरी तत्काल कर समायोजन गर्न माग गर्दै आइतबार नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ।

प्रदेश (क) सभापति लक्ष्मीप्रसाद आचार्य र नगरका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाको नेतृत्वमा गएको टोलीले नगर प्रमुख पवित्रा महतारा प्रसाईँलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।

चालु आर्थिक वर्ष २०७/०८० का लागि वृद्धि गरिएको मालपोत, सम्पत्ति कर, भूमि कर तत्काल फिर्ता लिएर सर्वसाधारण जनतालाई राहत पुग्ने गरी समायोजन गरिनुपर्ने, बिर्तामोडको फोहोर व्यवस्थापन नहुँदा सङ्क्रामक रोगहरू फैलन सक्ने जोखिम बढेकोले यथाशीघ्र फोहोर व्यवस्थापन गरिनुपर्ने माग ज्ञापनपत्रमा राखिएको छ।

त्यस्तै कोरोनाको समयमा नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टिन र आइसोलेसन कार्यक्रमको खर्च विवरणको सार्वजनिक सुनुवाइ गरिनुपर्ने तथा सार्वजनिक खरिद ऐनको दफा ६२/६३ मा उल्लेखित नियम विपरीत बिर्तामोड नगर अस्पतालद्वारा वितरण गरिने निःशुल्क औषधीको ठेक्का प्राप्त अमन फार्मेसीको ठेक्का तत्काल खारेज गरिनुपर्ने माग राखिएको छ।  ज्ञापन पत्र बुझाउँदै  काँग्रेस बिर्तामोड नगर समितिका उपसभापति कन्दङ्वाले जनताको सुविधा र नगरको विकासलाई ध्यानमा राखेर जनतालाई समस्या नहुने गरी कर समायोजन गरिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा उपस्थित अधिकांशले नगरपालिकाले विधानतः एक वर्षमा अधिकतम २० प्रतिशत भन्दा बढी कर उठाउन नपाउने दाबी गर्दै नगरपालिकाले कति प्रतिशत कर बढाएको हो भन्दै नगर प्रमुखसँग जवाफ माग गरेका थिए। कर बढाउँदा जनताले धान्न सक्ने गरी बढाउन सहभागीको सुझाव थियो।

यता ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईँले कम्प्युटरको सफ्टवेयरमा जग्गाको मूल्याङ्कनसम्बन्धी विवरण अपडेट गर्दा  कमि कमजोरी भएका कारण हाल तीन दिनका लागि सफ्टवेयर बन्द गरेर गल्ती सच्याउने काम भइरहेको बताइन। बाटोको अवस्था, स्तर वृद्धिको आवश्यकता र जग्गाको प्रचलित मूल्य अनुसार मूल्याङ्कन गरी कर वृद्धि गरिएको जानकारी दिँदै  पूर्ण रूपमा घटाउन नसकिने उनले दाबी गरिन।

उनले भनिन्-‘पूर्ण रूपमा कर घटाउँदा वडाको सिलिङ बजेट घट्छ, योजना प्रभावित हुन्छन्, राजस्व परामर्श गरेर केही प्रतिशत कर वृद्धि गरिएको हो।’ पोहोर मैलाको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने प्रयास भइरहेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # मुख्य समाचार# राजनीति
दैनिक संजाल

दैनिक संजाल

Related Posts

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

आगामी आर्थिक वर्षका योजना आयोगमा दर्ता गर्ने कोशी सरकारको निर्णय

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

युवा व्यवसायीको अगुवाइमा रास्वपामा सामूहिक पार्टी प्रवेश

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

विवादित सामाजिक सञ्जाल विधेयक अन्ततः राष्ट्रिय सभाबाट हटाइयो

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

हिमाली क्षेत्रमा मौसम बाधक बने दोस्रो चरणमा चुनाव गराइने

Discussion about this post

© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In