काभ्रे । एमाले परित्याग गरि पनौती नगरपालिका -३ कुशादेबी,थापागाउका दिपक थापा सहित ३७ जना नेपाली कांग्रेस प्रवेश गरेपछि काभ्रेमा खैलाबैला नै भएको छ । रास्ट्रघाती र झुठो आश्वासन दिने ,धुलमुले नीतिका कारण युवाहरु एमाले छोडेर कांग्रेस प्रवेश गरिरहेका छन् । फुटेर सामाजबादी र एमाले भएको कम्युनिष्ट दिननिदिन कम्जोर हुदैछ । ई .एवं सुमन थापाको कुसल समन्वयपछि प्रभावित युवाहरुलाई पनौती नगर सभापति रामशरण भण्डारीले सदस्यता बितरण तथा कांग्रेस युवा नेता भगवान अधिकारीले खादा लगाएर स्वागत गरे । कांग्रेसका स्थानीय नेताहरुको बाक्लो उपस्थितिमा एमालेबाट बैचारिक र महत्वपूर्ण साथीहरूको प्रवेशले कांग्रेस पनौतीका नेता नगर जित्ने निश्चित भएको बताउन थालेका छन् । नगर सभापति रामशरण भण्डारी प्रमुख अतिथि रहेको प्रवेश कार्यक्रममा भगवान अधिकारी बिशिस्ट अतिथि ,प्रदेश सहसचिव दिपक लामिछाने नेताहरू ,नारायण सापकोटा अन्जु रन्जित , उद्दव बोलखे ,बिनोद लामा, आरती सापकोटा , सोमप्रसाद हुमागाई लगायत रहेको कार्यक्रमको सभापति धुर्व सापकोटा को सभापतित्वमा भएको हो ।
Discussion about this post