• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रदेश खेलकुद गण्डकी द्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक


प्रदेश खेलकुद गण्डकी द्वारा छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक
Share on FacebookShare on Twitter

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पश्चात कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जनाएका छन् । ‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं’, उनले भने ।

परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन् । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ ।

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुने परिषद्ले तय गरेको छ । विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको संयोजक क्षेत्रीले जनाएका छन् । भदौ १५ गते भव्य कार्यक्रमका विच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’को रुपमा ‘ब्रान्डिङ’ गरी अघि बढाइने परिषदले तयारी थालेको छ  ।

‘हामीले यो छनोट प्रतियोगितालाई ‘स्टेट गेम्स’को रुपमा ब्रान्डिङ गर्ने गरी तयारी गर्दैछौं, चाहे राष्ट्रिय खेल होस वा नहोस हामी हरेक वर्ष प्रदेशकै वृहद् प्रतियोगिताको रुपमा अघि बढ्ने छ’, संयोजक क्षेत्रीले भने–‘यो प्रदेश छनोट खेल हाम्रो लागि नयाँ समेत हो, हामी नयाँ संरचनामा आइसके पछि यसलाई खेलकुदको विशेष पर्वका रुपमा अघि बढाउने मात्रै नभई आगामी वर्षहरुका लागि समेत तयारी गरी अघि बढ्ने खुट्किलो समेत हो ।’ भदौ १५ गतेदेखि सुरु हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार भन्दा बढि खेलाडीहरु पोखरा आउने छन् ।

आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुँदैछ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिव ८ हजार खेलाडी पोखरा आउने छन् । गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सय भन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गते सम्म आवाशीय सुविधा सहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # खेलकुद
दैनिक संजाल

दैनिक संजाल

Related Posts

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

पदमोदय फाउन्डेसनको तीन कार्यक्रम एकै दिन

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

विराटनगर किङ्सले दियो पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

भारतकी देविका नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षक नियुक्त

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

Discussion about this post


© Dainik Sanjal

भर्खरै

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

अञ्जुको मृत्यु प्रकरणमा श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

गुणस्तरीय शिक्षा र रोजगारी देशमै सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीको

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

जेन-जी आन्दोलनका ४५ सहिद ‘सुशासन योद्धा’ घोषणा

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In