प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले सो उचित कदम चालेको दावी गरे ।
आफूभन्दा अगाडि बोलेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशले नै संविधानको रक्षा गरेको भन्ने भनाइको प्रतिउत्तर दिँदै ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दावी गरे । उनले परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताए ।
उनले अहिले भ्रष्टाचारको अवस्था बयान गरी नसक्ने अवस्थामा रहेको बताए । संसद बैठकमा बोल्दै उनले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त समेत प्रस्तुत गरेका छन् । उनले आफूले राम्रो काम गर्दागर्दै षडयन्त्र भएको र विकासको काम रोक्ने काम भएको दावी गरे ।
Discussion about this post