बाल यौन शोषण कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक ४९ वर्षीय याङ लि मिङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-२२ वुंगमतीस्थित कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी संचालन गरी बस्दै आएका उनले फेसबुकमार्फत नाबालिकाहरुसँग चिनजान गरी साथी बनाई काठमाडौं बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिबिधिहरुमा संलग्न गराउनुका साथै आर्थिक प्रलोभन देखाई यौन शोषण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२२ वुंगमतीबाट पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी शीर्षक मुद्दामा जिल्ला अदालतबाट ३ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Discussion about this post