अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
विशेष अदालतबाट फैसला भएका घुस/रिसवत मुद्दामा पुनरावेदन गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् । अख्तियारले ताराकुमारी श्रेष्ठ,अनिस जोशी,राम खड्का प्रतिवादी रहेका मुद्दामा विशेष अदालले गरेको फैसला चित्त बुझ्दो नभएको भन्दै पुनरावेदन गरेको हो।
विशेष अदालतले सो मुद्दामा प्रतिवादीहरूले उजुरकर्तासँग घुस रकम माग गरेको र लिएको तथ्य वस्तुनिष्ठ प्रमाणबाट देखिन नआएको भन्दै सफाइ दिएको थियो । ६० हजार रकम घुस लिएको भन्दै उनीहरूविरूद्ध अख्तियारमा उजुरी परेको थियो।
Discussion about this post