काठमाडौं । समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ ।
नेकपा एसको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।
८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभाको आयोजना हुने छ ।
यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सन्देशसभाको आयोजना गरिने बैठकपछि नेता प्रमेश हमालले बताए ।
यस्तै बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । नेपालप्रेस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post