पाकिस्तान र अफगानिस्तानबीचको तोर्खाम सीमा नाका सिल गरिएको छ । दुवै देशका तर्फबाट भारी गोली हानाहान भएपछि तोरखाम सीमा टर्मिनल कुनै पनि प्रकारको आवतजावतका लागि बन्द गरिएको छ ।
‘द खोरासान डायरी’का अनुसार पाकिस्तानका एक वरिष्ठ अधिकारीले नाम न छाप्ने सर्तमा सेनाका अधिकारीहरू घटनास्थलमा पुगेको र स्थितिलाई शान्त पार्न आवश्यक कदम चालिएको बताए।
यसअघि २०२३ को फेब्रुअरीमा पनि दुई देशबीचको तोरखाम नाका सिल गरिएको थियो । तर, यो विवाद पाकिस्तान–अफगान सम्बन्धमा ठूलो गिरावट आएपछि भएको हो । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा तालिवान प्रशासनको प्रहरी बलका प्रवक्ताले रोयटर्सलाई भने कि सीमा बन्द गरिएको छ र हामी पछि छलफल गर्नेछौं।
Discussion about this post