• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित


लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित
Share on FacebookShare on Twitter

सिरहा, लहान — सगरमाथा चौधरी आँखा अस्पतालको कान विभागमा कार्यरत सीमा मेहतामाथि कार्यालय प्रमुखद्वारा भएको भनिएको हिंसात्मक दुर्व्यवहारको घटना अहिले सार्वजनिक चासोको विषय बनेको छ। पीडित मेहताले दिएको जाहेरीका आधारमा सिरहा प्रहरीले मुद्दा दर्ता गरिसकेको छ र हाल अनुसन्धानको चरणमा रहेको जनाएको छ। तर, घटनासँग जोडिएका गम्भीर प्रश्नहरू अझै अनुत्तरित छन्।
पीडित महिला कर्मचारी सीमा मेहताले कार्यालय प्रमुखबाट निरन्तर मानसिक तथा शारीरिक हिंसाको सिकार भएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरी प्रशासनले अनुसन्धान प्रारम्भ गरे पनि अस्पताल प्रशासनले उल्टै पीडितमाथि नै मानसिक दबाब सिर्जना गर्ने र घटनालाई दबाउने प्रयास गरेको खुलेको छ।
पीडितले आरोप लगाएकी छिन् कि अस्पताल व्यवस्थापनले आन्तरिक रूपमा शक्ति प्रयोग गर्दै उनलाई बयान फिर्ता लिन दबाब दिइरहेको छ। उच्चपदस्थ पदाधिकारीहरू अनुसन्धानमा सहयोग गर्नुको सट्टा आरोपितलाई जोगाउन सक्रिय देखिएका छन्।
अस्पतालमा गम्भीर प्रकृति घटनालाई मध्यनजर गर्दै अस्पतालले नेपाल नेत्र ज्योति संघ जिल्ला शाखाको सभापति सन्तोष चौधरीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो। तर, उक्त समितिको अहिलेसम्मको कार्यशैली र प्रस्तुत विवरणले वास्तविक पीडितको पक्षमा काम गरेको संकेत देखिदैन। समिति निष्क्रिय, कमजोर र प्रभावहीन देखिएको छ।
छानबिन समितिले पीडितसँग छलफल र विवरण सङ्कलन गर्ने काममा ढिलासुस्ती देखाएको र तयार परेको प्रतिवेदनमा तथ्यपरक दृष्टिकोण नरहेको पीडित पक्षको आरोप छ।
घटनामा संलग्न भनिएका डा. विजय चौधरी र अभिषेक रोशनमाथि मुद्दा दर्ता भएपश्चात् प्रहरी अनुसन्धान सुरु गरिएको हो। तर अनुसन्धानको क्रममा ती दुवै व्यक्ति फरार भएका छन्। प्रहरी स्रोतका अनुसार उनीहरू सम्पर्कविहीन छन् र अनुसन्धानमा कुनै पनि प्रकारको सहयोग गरिरहेका छैनन्।
यो अवस्था जिम्मेवार पदमा रहेका व्यक्तिहरूले कानुनी प्रक्रियालाई बेवास्ता गरेको स्पष्ट संकेत हो। यसले कानूनमाथिको अवहेलनालाई दर्शाउँछ।

राजनीतिक पहुँचको आडमा अनुसन्धान प्रभावित
पीडित सीमा मेहताले सार्वजनिक रूपमा आरोप लगाएकी छन् कि आरोपितहरू उच्च राजनीतिक पहुँच भएका व्यक्ति हुन् र त्यसकै कारण प्रहरी प्रशासनले प्रभावकारी अनुसन्धान गर्न सकिरहेको छैन। यद्यपि, प्रहरी स्रोतहरूले अनुसन्धान जारी रहेको दाबी गरेपनि कार्यगत रूपले कुनै ठोस प्रगति नभएको देखिन्छ।

घटनालाई लिएर राष्ट्रिय महिला आयोग, महिला मानव अधिकार रक्षकहरुको रास्ट्रिय संजाल तथा थुप्रै महिला तथा मानव अधिकारका संघ–संस्थाहरूले प्रेस विज्ञप्ति जारी गर्दै सत्य तथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनी कारवाही गर्न माग गरेका छन्। उनीहरूले घटना गम्भीर भएको भन्दै पीडितको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

सिरहा जिल्लामा यसअघि पनि यस्ता घटनाहरू दबाउने प्रयास हुँदा पीडित महिला आत्महत्या गर्न बाध्य भएका उदाहरणहरू छन्। स्थानीय मानव अधिकारकर्मीहरूका अनुसार, विगत केही वर्षमा न्याय नपाएर आत्महत्या गरेका दुई महिलाको केस अझै नटुङ्गिएको सन्दर्भमा यो घटना पुनः चिन्ताजनक बनेको हो।

पीडित सीमा मेहताले निष्पक्ष छानबिन, तत्काल आरोपितको पक्राउ र घटनामा संलग्न सबै पक्षमाथि कडा कारबाहीको माग गरेकी छन्। उनले आफ्नो शारीरिक तथा मानसिक सुरक्षाको ग्यारेन्टी समेत माग गरेकी छन्।
सगरमाथा चौधरी आँखा अस्पतालभित्र देखिएको यस घटनाले संस्थागत संरचना र प्रशासनिक गैरजिम्मेवारीतालाई उजागर गरेको छ। यदि यसमा शीघ्र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही नगरिएमा यस्तो घटनाले आगामी दिनमा कर्मचारी सुरक्षा र महिला अधिकारका दृष्टिकोणले नकारात्मक असर पार्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

अमेरिकामा राष्ट्रपति ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन

Discussion about this post


© Dainik Sanjal

भर्खरै

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

नेपाल नेत्र ज्योति संघको अनुशासन र लैंगिक समानताप्रतिको प्रतिबद्धता माथि गम्भीर प्रश्न?

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

आफ्ना साना बच्चालाई अमेरिकी सीमामा अलपत्र छोड्दैछन् चोर बाटोबाट अमेरिका छिर्ने भारतीयहरू

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोड बढी राजस्व सङ्कलन

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

नजिकिँदै ओली-प्रचण्ड, देउवालाई दबावमा राख्ने ओली रणनीति

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

लहानको आँखा अस्पतालमा महिला कर्मचारीमाथि दुर्व्यवहार: आरोपी उच्च राजनीतिक संरक्षणमा, अनुसन्धान प्रभावित

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In