• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

सिरहामा श्रृंखलाबद्ध आपराधिक गतिविधि: एमालेले प्रहरी प्रशासनको भूमिकाप्रति कडा आपत्ति जनायो

धनगढीमाई नगरपालिका क्षेत्रमा एक सातामै हत्या, आगजनी, लुटपाटको घटना; एमालेले निष्पक्ष छानबिनको माग गर्दै आन्दोलनको चेतावनी

Share on FacebookShare on Twitter

सिरहा — सिरहा जिल्लाको धनगढीमाई नगरपालिका क्षेत्र अन्तर्गत इलाका प्रहरी कार्यालयको ५०० मिटर वरिपरिका क्षेत्रमा पछिल्लो एक साता भित्र घटेका हत्या, आगजनी, लुटपाट लगायतका जघन्य आपराधिक घटनाले सम्पूर्ण जिल्लावासीलाई त्रसित बनाएको छ। यस्ता घटना अत्यन्तै दुःखद, निन्दनीय तथा राज्यको सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाउने खालका रहेको नेकपा (एमाले) जिल्ला कमिटी, सिरहाले जनाएको छ।

सबैभन्दा दुःखद घटना साउन १३ गते राति घटेको हो, जब नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कमलदेव यादवका ७५ वर्षीय पिता फनिलाल यादवको आफ्नै निवासमा सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरियो । धनगढीमाई नगरपालिका–११ स्थित आमचोकमा रहेको घरमै वृद्ध यादवको निर्मम हत्या भएपछि स्थानीयवासी स्तब्ध बनेका छन्। नेकपा एमालेले यो घटनालाई अमानवीय, क्रूरतापूर्ण र मर्माहत बनाउने बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

यसैबीच, २०८२ साउन ११ गते राति भएको अर्को घटनामा लवकुश बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनमा अज्ञात समूहले आगजनी तथा लुटपाट गरी संस्था तथा पद्मोदय फाउन्डेसनका महत्वपूर्ण कागजात र सामग्रीहरू नष्ट पारेका छन् । त्यसै रात धनगढीमाई नगर प्रमुखद्वारा सञ्चालित शिशु ज्योति विद्यालयको स्कुल बसमा पनि आगजनी गरिएको छ। यी घटनाहरूले नगरमा थप त्रास फैलाएको छ।

एमाले जिल्ला कमिटी सिरहाले बारम्बार उजुरी दिँदा पनि अपराधीहरूलाई संरक्षण गरिएको जस्तो देखिनु र प्रहरी प्रशासनको उदासिनता गम्भीर विषय भएको बताएको छ। पार्टीले प्रहरी प्रशासनप्रति कडा आपत्ति जनाउँदै तीन बुँदे माग अघि सारेको छः

१. सबै घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याइयोस्।
२. पीडित परिवारहरूलाई शीघ्र न्याय दिलाई सुरक्षाको भरपर्दो व्यवस्था गरियोस्।
३. यदि प्रहरी प्रशासनले अझै गम्भीरता नदेखाएमा नेकपा (एमाले) जिल्ला कमिटी सिरहा आन्दोलनमा जान बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी राज्य र प्रशासनको हुनेछ।

ने.क.पा.(एमाले) जिल्लेला अध्यक्ष अशोक यादवले  शान्तिप्रेमी नागरिक, सञ्चारकर्मी, नागरिक समाज र लोकतान्त्रिक शक्तिहरूलाई यस्ता आपराधिक गतिविधिविरुद्ध एकजुट भई आवाज उठाउन आह्वान गरेको छ। साथै, हाल सिर्जित असहज परिस्थितिमा सबैलाई संयमित रहन र आपसी सद्भाव कायम राख्न अपिलसमेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
दैनिक संजाल

दैनिक संजाल

Related Posts

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

प्रधानमन्त्री कार्कीसँग भेटपछि प्रसाईंले भने— ‘माग पूरा भए सरकारलाई छाति थाप्छु’

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

बलात्कारपछि हत्या आरोपित छिमेकी पक्राउ, परिवारले अझै शव बुझेनन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

समाजका लागि ग्लानि’ भन्दै प्रधानमन्त्री कार्कीले बर्दिया घटनामा छानबिन मागिन्

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

१४ वर्षपछि जनताको पहल– कमला पुल बनाउन सुरु भयो चन्दा उठाउने अभियान

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

रामजानकी मन्दिर हत्या मामिलामा ओमप्रकाश मण्डलको सम्पत्ति जफत

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

मधेशमा कांग्रेसको पोल्टामा सत्ता, यादव सर्वसम्मत मुख्यमन्त्री

Discussion about this post

© Dainik Sanjal

भर्खरै

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : रजनी अधिकारी
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : विजय कुमार
  • सम्वाददाता : रविन्द्र कुमार

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 
Loading Comments...