• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणलाई तीव्रता दिने प्रतिबद्धतासहित मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत नेकपा एमाले अध्यक्ष ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाई नागरिकको मनोबल बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रतिज्ञापत्रमा भ्रष्टाचार र कुशासन अन्त्य गर्दै शान्ति सुरक्षा सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने तथा युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने योजनाहरू उल्लेख गरिएको छ। सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने, कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने तथा उद्योगधन्दा विस्तार गरी उत्पादन वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ।

यसैगरी निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र हुलाकी सडक निर्माण सम्पन्न गर्ने, दमक–रवि–चिसापानी सडक पूरा गर्ने तथा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण अघि बढाउने प्रतिवद्धता पनि जनाइएको छ।

झापा क्षेत्र नं. ५ का लागि स्थानीय विकास योजनामा दमक बिजिनेस टावर सञ्चालन, बजार आधुनिकीकरण, नदी तटबन्ध, भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण, कृषि उत्पादनको बजारीकरण तथा स्मार्ट सिटी अवधारणाअनुसार नगर विकास गर्ने विषय समेटिएका छन्।

स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य बिमा सेवा सुदृढ गर्ने, दमक अस्पताललाई प्रदेश अस्पतालका रूपमा स्तरवृद्धि गर्ने, स्थानीय अस्पतालहरूलाई सेवा विस्तार गर्ने तथा आम्दा अस्पताललाई विशेषज्ञ सेवासहित सुविधासम्पन्न बनाउन सहयोग गर्ने योजना उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयका जीर्ण भवन हटाई बालमैत्री संरचना निर्माण गर्ने, विषयगत शिक्षक दरबन्दी मिलाउने तथा सामुदायिक र निजी विद्यालयबीच समन्वय गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

त्यसैगरी आयुर्वेद अस्पताल विस्तार, पर्यटकीय सिमसार विकास, खेलकुद पूर्वाधार निर्माण, वृक्षारोपणमार्फत आयमूलक कृषि प्रवद्र्धन लगायतका कार्यक्रम पनि प्रतिज्ञापत्रमा समावेश छन्।

ओलीले समग्रमा विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई प्राथमिकतामा राख्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।

यस्ता छन्, ओलीको झापा –५ मतदाताका लागि प्रतिबद्धता

राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न,

विदेशी नाङ्गो हस्तक्षेप अन्त्य गर्न,

जनताका खोसिएका अधिकार पुनर्वहाली गर्न,

हाल नेपालीको खस्किएको मनोबल बढाउन,

देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न,

भ्रष्टाचार र कुशासनको अन्त्य गर्न,

मुलुकैभरि र यस झापा क्षेत्र नं. ५ मा सुरु भइ हाल रोकिएका र अधुरा रहेका विकास निर्माणका कामहरू पूरा गर्न,

देशमा रोजगारीको अभिवृद्धि गरी युवालाई रोजगार बनाउन,

नवयुवालाई प्राविधिक शिक्षाको अवसर दिलाउन र युवामा सीपमूलक विकास गर्दै स्वरोजगार अभिवृद्धि गर्न। सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन,

कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन,

उद्योगधन्दाको विकास गरी रोजगारी र उत्पादन वृद्धि गर्न,

निर्माणधीन पूर्व पश्चिम एसियन हाईवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी सडक निर्माण सम्पन्न गर्न। दमक रबि–चिसापानी सडक निर्माण सम्पन्न गरी यस क्षेत्रका जनताको जीवनस्तर उकास्न,

नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न,

विस्थापित सडक बालबालिकाहरूलाई पुनस्र्थापना गर्न,

दमकको बिजिनेस टावरलाई सुसञ्चालन गरी यस क्षेत्रको व्यापार र पर्यटन प्रवर्धन गर्न,

यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जनतालाई जग्गाधनी पूर्जा उपलब्ध गराउन,

यस निर्वाचन क्षेत्रका किसानलाई प्रोत्साहन गरी कृषिउपज बढाएर बजारीकरण गर्न,

दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटिको रूपमा विकास गर्न,

यहाँका सबै बजारहरूलाई व्यवस्थित गरी उचित व्यावसायिक वातावरण बनाउन।

रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्ध कार्य पूरा गर्न,

जनतालाई दिईंदै आएको स्वास्थ्य बिमा सेवा घटाइएकोमा पुनः बढाउन र अझै व्यवस्थित गर्न,

दमक अस्पतालको स्तरवृद्धि गरी प्रदेश अस्पताल बनाएर जनतालाई स्वास्थ्य सेवा सहज बनाउन,

कमल, गौरादह,गौरीगञ्ज सबै स्थानीय तहका अस्पताललाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने बनाउन। दमकको आम्दा अस्पताललाई अझ बढी विशेषज्ञ सेवा उपलब्ध गराउने गरी सुविधासम्पन्न बनाउन सहयोग गर्न। यस क्षेत्रका सबै सामुदायिक क्याम्पसहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउन,

सबै सामुदायिक विद्यालयका जीर्ण भवनहरू हटाएर बालमैत्री भवन निर्माण गर्न,

सामुदायिक र संस्थागत विद्यालयबिच समन्वयको वातावरण बनाई बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न। विषयगत शिक्षक दरबन्दीको व्यवस्था गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न,

प्रादेशिक आयुर्वेद अस्पतालमा दरबन्दी थप गरी १०० शैय्याको सुविधा सम्पन्न अस्पतालको रुपमा स्तरवृद्धि गर्न। साधुहोलीलाई थप व्यवस्थित गर्दै नमूना पर्यटकीय सिमसारको रुपमा स्थापित गर्न,

कमल नगर अस्पताललाई स्तरोन्नती गर्दै २५ शैय्याको अस्पताल बनाई कमलका जनतालाई स्वास्थ्य सेवा सहज बनाउन। रतुवामाई वृक्षारोपण आयोजना अन्तर्गतको वन क्षेत्रमा आम्दानीमुलक फलफूलको विरुवा लगाई यो क्षेत्रलाई फलफूलमा आत्मनिर्भर बनाउन,

आदिवासी रङ्गशालालाई आधुनिक स्तरको रङ्गशालाको रुपमा निर्माण कार्य सम्पन्न गर्न,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

Discussion about this post

© Dainik Sanjal

भर्खरै

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In