• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध
Share on FacebookShare on Twitter

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरूलाई निर्देशन जारी गरेको छ। दलहरूले प्रचारप्रसार गर्न पाउने दिन शुरू हुनुअघि प्रेस विज्ञप्ति निकालेर आयोगले चुनावी प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने ६४ बुँदे निर्देशन सार्वजनिक गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन निकायले राजनीतिक दल र उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। निर्देशनअनुसार कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट रोक्ने, धम्की दिने, आर्थिक प्रलोभन देखाउने, सामाजिक बहिष्कार गर्ने, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्ने जस्ता कार्य कडाइका साथ निषेध गरिएको छ। मतदातालाई उपहार, नगद, जिन्सी, भोजभतेर वा अन्य प्रलोभनमार्फत प्रभाव पार्न पनि पाइने छैन।

राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रचारप्रसारका क्रममा राष्ट्रिय एकता, सार्वभौमिकता, सामाजिक सद्भाव तथा बहुदलीय लोकतान्त्रिक व्यवस्थामा आँच पुग्ने गतिविधि गर्न रोक लगाइएको छ। कुनै धर्म, जातजाति, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, चरित्र हत्या गर्ने वा हिंसात्मक गतिविधि उक्साउने कार्य पनि निषेध गरिएको छ।

निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक वा वित्तीय संस्थामार्फत मात्र खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी सहयोग छुट्टै बैंक खातामार्फत लिनुपर्ने र आयोगले मागेमा सक्कल बिल भरपाई पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी–खर्चको विवरण बुझाउनुपर्नेछ। प्रचार सामग्रीसम्बन्धी व्यवस्थाअनुसार तोकिएको आकारको एकरङ्गे पर्चा बाहेक पोस्टर, भित्तेलेखन, ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड प्रयोग गर्न पाइने छैन।

निजी घरजग्गा वा सार्वजनिक स्थानमा झण्डा वा चुनाव चिन्ह राख्न घरधनी वा सम्बन्धित निकायको अनुमति आवश्यक हुनेछ। मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री निषेध अवधि सुरु हुनुअघि हटाउनुपर्नेछ। मतदान र मतगणनाको प्रक्रियामा हस्तक्षेप गर्ने, नक्कली मतपत्र तयार गर्ने, मतपत्र वा मतपेटिका बिगार्ने, मतदाता परिचयपत्र कब्जा गर्ने वा मतदातालाई मतदान केन्द्र प्रवेश गर्न नदिने कार्यलाई कडा रूपमा निषेध गरिएको छ। मतदान केन्द्र र मतगणना स्थलमा अनुमति प्राप्त व्यक्तिबाहेक प्रवेश गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी, जुलुस, आमसभा वा भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, २४ घण्टा अगावै प्रहरीलाई जानकारी दिनुपर्ने तथा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र कार्यक्रम गर्न पाइनेछ। बालबालिकाको प्रयोग गर्न नपाइने र कुनै पनि प्रकारको साम्प्रदायिक विद्वेष फैलाउने प्रचार गर्न रोक लगाइएको छ।

आयोगले जारी गरेको निर्देशन उल्लङ्घन गरेमा प्रचलित संघीय कानूनबमोजिम कारबाही हुने जनाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आयोगले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
दैनिक संजाल नेपाल

दैनिक संजाल नेपाल

Related Posts

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

मैथिली भाषा–संस्कृति प्रवर्द्धनका लागि जनकपुरधाममा साहित्य तथा कला महोत्सव आयोजना

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

बङ्गलादेश निर्वाचन उदाहरण दिँदै प्रचण्डले भने– हल्लाखोर र दमनकारी शक्तिको अब अन्त्य हुन्छ

Discussion about this post

© Dainik Sanjal

भर्खरै

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

काठमाडौंमा पुनः चेतावनी — २५ हजारभन्दा बढी सहयोग बैंक खाताबाट लिनुपर्ने

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

प्रतिनिधिसभा निर्वाचन स्वच्छ बनाउन धम्की, प्रलोभन र हिंसात्मक गतिविधि निषेध

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

प्रतिज्ञापत्र कार्यक्रम बिपीनगर सानेपाबाट जनकपुरमा सारियो, चुनावी सभासँगै सार्वजनिक गरिने

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

नेकपा एमाले अध्यक्ष ओलीको प्रतिज्ञापत्र: रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा तीव्र विकास

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

मन्त्रालय–सुरक्षा निकायको समन्वयमा महाशिवरात्रि दर्शनलाई सहज र सुरक्षित बनाउने तयारी पुरा

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In