काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको जानकारी दिए ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Discussion about this post