• Login
No Result
View All Result
Dainik Sanjal
Advertisement
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
English
चुनाव २०७९
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात
No Result
View All Result
No Result
View All Result
Dainik Sanjal
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य

विवाहित हिन्दु मैथिल नारीले आज बर्साइत (वटसावित्री) पर्व मनाइँदै


विवाहित हिन्दु मैथिल नारीले आज बर्साइत (वटसावित्री) पर्व मनाइँदै
Share on FacebookShare on Twitter

सप्तरी , जेठ १५ गते । विवाहित हिन्दु मैथिल नारीले आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन्। जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन्।

छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ।

सत्ययुगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा वर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन्। बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ।

बितेका लगातारका दुई वर्ष कोभिड–१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएका मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरूपमा व्रतको तयारीमा छन्।

सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका (अचेत भई ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ।

वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको वास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको पर्वको तयारीमा रहेकी महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरकी श्यामा कुशवाहा बताउँछिन्।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ। साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ।

मिथिलामा केही वर्ष पहिलेसम्म्म ब्राह्मण, कायस्थ र सोनार जातिका विवाहित सधवा महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेका देखिँदो छ।

मिथिलामा पछिल्लो समयमा विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकअर्काको संस्कृति परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेका मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास(२ का महेशकुमार झा बताउँछन्। वट(सावित्री अब पर्वते मूलका विवाहित महिलाले पनि बाक्लै मनाइरहेका छन्।

विवाहित महिलाले मनाउने यस पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ)का उपप्राध्यापक ध्रुव राय बताउँछन्।

आजै हिन्दु वैदिक परम्परा मान्नेहरूले सोमबारे औँसी पर्व पनि मनाएका छन्। हिन्दू परम्परामा औँसी तिथि सोमबार पर्दा धार्मिकरपौराणिक महत्वका नदी, तलाउ तथा सरोवरमा एकाबिहानै पवित्र स्नान गर्ने चलन छ। सोमबार औँसी परेको दिन बिहान नबोली तीर्थस्नान गर्नाले जीवनमा जानअन्जानमा भएका पाप पखालिएर मन पवित्र हुने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: # धर्म/सांस्कृतिक
दैनिक संजाल

दैनिक संजाल

Related Posts

हनुमानढोकामा राष्ट्रपतिद्वारा वसन्त श्रवण

हनुमानढोकामा राष्ट्रपतिद्वारा वसन्त श्रवण

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

अमूर्त सम्पदाले ‘अनुभव गर्ने संस्कृतिहरू’ संरक्षण गर्न लक्ष्य राख्यो

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

आज चैती छठ मनाइँदै

आज चैती छठ मनाइँदै

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता

विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जानकीको मटकोर

विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जानकीको मटकोर

Discussion about this post


© Dainik Sanjal

भर्खरै

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

प्राकृतिक सामग्रीबाट बनेको पाउडरले उच्च दबावमा पनि तुरुन्त रक्तप्रवाह रोक्छ

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

पुलिस अनुसन्धान अघि बढाउँदै, लाहोर अदालतले प्रतिवेदन माग

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्यूत, नेशनलिस्ट–इस्लामी दलबीच प्रतिस्पर्धा

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

स्थानीयसँग छलफलपछि हिमाली क्षेत्रमा चुनाव सम्भव रहेको निष्कर्ष

अश्लील सामाग्री प्रसारण गरेको अभियोगमा युट्युबर पक्राउ

कात्यायनी चोकबाट १३० मिलिग्राम ब्राउन सुगर बरामद

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

स्याङ्जामा रास्वपाको चुनावी सभा, स्थायी सरकारको प्रतिबद्धता

दैनिक संजाल मिडिया प्रा. लि. द्धारा सञ्चालित दैनिक संजाल डटकम अनलाईन
https://www.dainiksanjal.com
धनगढीमाई नगरपालिका,सिरहा, मधेश प्रदेश, नेपाल
[email protected]

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : गंगाराम यादव
  • सम्पादक : मिथलेश कुमार साह
  • प्रधान सम्पादक : महेश सिंह
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता : अनिल कुमार सिंह
  • सम्वाददाता : संजीव कुमार महतो

सम्पर्क

जनकपुरधाम, मधेश प्रदेश, नेपाल
[email protected]
+९७७-९८११७६१२१८
विज्ञापनका लागि :
समाचारका लागि :

सोसियल मिडिया

  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

No Result
View All Result
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • हिन्दी समाचार
  • अन्य
    • समाज
    • मुख्य समाचार
    • यातायात

© 2023 - दैनिक संजाल || All Rights Reserved | Website by : MyGUdu.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In