News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Saturday - August 13, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार निधन

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार निधन

एजेन्सी, जेठ १८ गते । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।

५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।

अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ ।’ केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो । तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए ।

होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्‍याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ मा उनले गाएका ‘तडप तडप के इस दिल से….’ र ‘ओम शान्ति ओम’ मा ‘आँखों मे तेरी…’ लाई दर्शकले राम्रै रुचाएका थिए । उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।

केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए । अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् ।​

केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक–फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन् । उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिनेछन् ।’

Related

Tags: # मनोरंजन
दैनिक संजाल

दैनिक संजाल

Related Posts

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

ए.आर पुष १ गतेबाट छायाङ्कनको तयारी

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

सलमान खानका ‘दबङ ४’आउदै, डिसेम्बरदेखि छायांकन सुरु हुने

फिल्म एन्ड टिभी स्कुल सञ्चालन

फिल्म एन्ड टिभी स्कुल सञ्चालन

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

यस्तो छ ‘शमशेरा’मा सञ्जय दत्तको ‘भिलेन’ रुप

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

Leave Comment

हालको खबर

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

युरोपमा खडेरी, सुक्न थाले नदीहरू

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

‘राडर गन’सहित ट्राफिक सडकमा, तीब्र गतिमा कुदाए अन द स्पट कारबाही

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

जंगलबाट भागेर आएका जंगली हात्तीले सिरहामा सात घर भत्कायो

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,127
  • Total page views: 1,357

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.