News of Nepal
Advertisement
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
Wednesday - August 17, 2022
No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता
No Result
View All Result
News of Nepal
No Result
View All Result

विराटनगरबाटै लाइसेन्सको नवीकरण, नयाँ वितरण पनि चाँडै


विराटनगरबाटै लाइसेन्सको नवीकरण, नयाँ वितरण पनि चाँडै

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरबाटै लाइसेन्स (सवारी चालक अनुमति पत्र)को नवीकरण सुरु भएको छ। विराटनगर महानगरपालिका–४ खारजीस्थित यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण सम्बन्धी सेवा सञ्चालनमा ल्याएको हो।

२ जना सेवाग्राहीको लाइसेन्स नवीकरणको प्रक्रिया अघि बढाएर शुक्रबारदेखि सेवाको शुभारम्भ गरिएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख अनमोलमणि भट्टराईले स्मार्ट लाइसेन्स नवीकरणका लागि पहिलो पटक २ जनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

नवीकरण गर्नेको चापलाई मध्यनजर गरेर अघि बढ्ने तयारी रहेको उनले बताए। भट्टराईका अनुसार अहिले कार्यालयमार्फत नवीकरणका लागि दर्ता गर्ने र केन्द्रबाट आएपछि स्मार्ट लाइसेन्स वितरण गरिने छ। यसअघि उक्त कार्यालयले नयाँ सवारी दर्ता, नामसारी, ब्लुबुक नवीकरण, जाचपाँस, रुट परमिट जारी, रुट नवीकरण, सवारी कर संकलन लगायतका सेवा दिँदै आएको थियो।

२०७१ साल फागुन १४ गतेबाट सञ्चालनमा आएको कार्यालयमा १२ जना कर्मचारी कार्यरत छन्। कर्मचारीको यही संख्या यथावत रहेमा दैनिक २० देखि ३० वटासम्म लाइसेन्सको नवीकरण प्रक्रिया अघि बढाउन सकिने कार्यालयका शाखा अधिकृत सन्तोष कोइरालाले जानकारी दिए। उनका अनुसार नवीकरण गराउनेको संख्या बढेमा भने थप कर्मचारी पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ।

विराटनगरबाटै सेवा सुरु भएपछि लाइसेन्स नवीकरणका लागि सुनसरीको इटहरीसम्म जानुपर्ने सेवाग्राहीको बाध्यता हटेको कोइरालाले बताए। प्रदेश १ मा यसअघि इटहरी, उदयपुर, इलाम, धनकुटा, ओखलढुंगा र झापामा मात्रै लाइसेन्स सम्बन्धी सेवा सेवा सञ्चालनमा थियो। विराटनगरसहित मोरङका विभिन्न ठाउँका सवारी चालक लाइसेन्स नवीकरणका लागि इटहरीसम्म पुग्नुपर्ने बाध्यता थियो।

यसैबीच सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएर विराटनगरबाटै नयाँ लाइसेन्स वितरणको प्रक्रिया पनि चाँडै अघि बढाइने भएको छ। त्यसका लागि यातायात व्यवस्था सेवा कार्यालयले १५ दिने सूचना जारी गर्दै प्रशिक्षण केन्द्रका लागि आह्वान गरिसकेको छ। नयाँ लाइसेन्स जारी गर्न कार्यालयको मातहतमा प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर)स्थल छैन। ट्रायल सेन्टरका लागि मापदण्ड पुगेको निजी सवारी चालक प्रशिक्षण केन्द्रलाई आह्वान गरिएको कार्यालय प्रमुख भट्टराईले बताए।

प्रदेश सरकारले यातायात कार्यालयलाई स्थानीय सरकारसँग समन्वय गरेर सरकारी जग्गा खोज्न आग्रह गरेको थियो। ट्रायल सेन्टर निर्माणका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराउन नसकेपछि खुला प्रतिस्पर्धाबाट सम्झौता गरेर प्रयोगात्मक परीक्षा सञ्चालन गर्न निजी क्षेत्रलाई दिन लागिएको हो। भट्टराईका अनुसार कार्यालयसँग आफ्नै ट्रायल सेन्टर नभएका कारण जेठ १३ गतेदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरिएको छ।

समय अनुकूल भएमा साउन १ गतेबाट नयाँ लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउने तयारी छ। ‘सेवाग्राहीको सहजताका लागि साउन १ गतेदेखि ‘क’ र ‘ख’ वर्गको लाइसेन्स वितरणको तयारी छ,’ भट्टराईले भने, ‘सुरुमा मोपेड, स्कुटर, मोटरसाइकल, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, सीटी सफारी, ट्याक्टरसमेतका सवारीसाधनको लाइसेन्स वितरण हुने छ।’

Related

Tags: @ यातायात
दैनिक संजाल

दैनिक संजाल

Related Posts

दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर सडक खुल्यो

दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर सडक खुल्यो

डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल

डुम्रे-बेसीसहर सडकअन्तर्गत पहिरो नरोकिएपछि वैकल्पिक सडकको पहल

काठमाडौँ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौँ-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

एक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्र

एक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्र

म्याग्दीको बेनी–सिमखण्ड सडकमा १६ वर्षपछि कालोपत्र

म्याग्दीको बेनी–सिमखण्ड सडकमा १६ वर्षपछि कालोपत्र

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

पहिरोले बेनी-मालढुंगा सडकखण्ड अवरुद्ध

Leave Comment

हालको खबर

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकी पक्राउ

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

ओलीको चुनौती : मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको आरोपमा ३४ वर्ष जेल

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

सशस्त्र प्रहरीसमेत परिचालन गरेर बञ्चरेडाँडामा फाल्न थालियो फोहोर, एक जना पक्राउ

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

३८ वर्षपछि मृत भारतीय सैनिकको शव फेला

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

गठबन्धन देशद्रोही हो,अध्यक्ष ओली

कुनै पनि सञ्चारमाध्यममा हाम्रा समाचार वा अन्य सामग्रीको प्रयोग गर्नु अघि अनिवार्य रुपमा अनुमति लिनुपर्नेछ । अन्यथा प्रतिलिपी अधिकार ऐन २०५९ अनुसार कानूनी कार्वाही हुने जानकारी गराईन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक – संजिव बिक्रम साह
समपादक – मिथलेश कुमार साह
सह संयोजक – राम शंकर भण्डारी
कार्यकारी निर्देशक – विजय कुमार सिंह

सूचना तथा विभाग दर्ता नं.

  • Total visitors : 1,165
  • Total page views: 1,406

कार्यालय सम्पर्क

चाबहिल काठमाडौँ
Dainik Sanjal Media Pvt. Ltd.

शाखा कार्यालय

गोलबजार नगरपालिका – ४
Tel. +९७७ – ३३-५४०४९१

विज्ञापनका लागी सम्पर्क

Email – dainiksanjal9@gmail.com
Mob +९७७,९८११७६१२१८
Mob +९७७,९८४७३४४१४४ 

सामाजिक संजालमा हामी

Facebook Twitter
  • Privacy Policy

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.

No Result
View All Result
  • अन्तराष्ट्रिय
  • अर्थतंत्र
  • राजनीति
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • जीवनशैली
  • साहित्य
  • अन्य
    • समाज
    • अपराध
    • सूचना-प्रविधि
    • देश समाचार
    • दुर्घटना
    • यातायात
    • कृषि
    • अन्तरवार्ता

© २०७८-२०७९ दैनिक संजाल - All rights reserved to dainiksanjal.com / design & developed by Nitra Host.